टोयोटाको नयाँ हाइब्रिड गाडी नेपाली बजारमा, शुक्रबार सार्वजनिक गरिदै

काठमाडौं – टोयोटाको नयाँ हाइब्रिड गाडी यारिस क्रस नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले सो गाडी नेपाली बजारमा शुक्रबार सार्वजनिक गर्ने भएको छ ।

नेपाली बजारमा पहिले नै टोयोटा यारिस उपलब्ध थियो । यसको अपडेट भर्सनको रुपमा नयाँ यारिस क्रस उपलब्ध हुने भएको हो । यसमा पावरफुल हाइब्रिड इन्जिन र आधुनिक सेफ्टी फिचर उपलब्ध छन् ।

हाइब्रिड भएकाले यसमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै छ । यसमा भएको १.५ लिटर पेट्रोल इन्जिनले १३० एचपी पावर र १८५ एनएम टर्क जेनेरेट गर्छ । यसले १०.७ सेकेन्डमा ० देखि १०० किमि प्रतिघण्टाको गति लिन सक्छ । त्यसैगरी इलेक्ट्रिक मोटर प्रयोग हुँदा ११४ एचपी पावर र १४१ एनएम टर्क जेनेरेट गर्छ ।

कारमा नयाँ क्यामेरा र राम्रो राडार स्क्यानिङ सहित प्रि–कोलिजन सिस्टम, अपडेटेड एडेप्टिभ क्रुज कन्ट्रोल, एक्सेलेरेसन – सप्रेसन, सेफ एक्जिट असिस्ट र रियर सिट रिमाइन्डर सिस्टम जस्ता उत्कृष्ट एडीएएस फिचर उपलब्ध छन् ।

क्याविन समेत निकै आकर्षक रहेको छ र यसमा १०.१ इन्चको नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ओटीए अपडेटसहितको टोयोटा स्मार्ट कनेक्ट मल्टिमिडिया सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले कम्प्याटिबिलिटी र थप सुविधाहरू छन् । यसमा इलेक्ट्रिक पार्किङ ब्रेक, अटोमेटिक एसी, रियर एसी भेन्ट, ६ स्पिकर सहितको अडियो सिस्टम र १४ कलरको एम्बियन्ट लाइट दिइएको छ ।

सो गाडीको मूल्य र अन्य फिचर लन्चिङकै समयमा सार्वजनिक गरिने छ । यसको मूल्य १ करोड २५ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ एसियाली बजारमा पहिलोपटक लन्च भएको छ...

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

रसुवा – ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार...

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

काठमाडौं – सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...