सिट्रोन ई–सी३ : मिड रेन्ज कम्प्याक्ट एसयूभीमा राम्रो विकल्प बन्दै
फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल...
काठमाडौं – टोयोटाको नयाँ हाइब्रिड गाडी यारिस क्रस नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले सो गाडी नेपाली बजारमा शुक्रबार सार्वजनिक गर्ने भएको छ ।
नेपाली बजारमा पहिले नै टोयोटा यारिस उपलब्ध थियो । यसको अपडेट भर्सनको रुपमा नयाँ यारिस क्रस उपलब्ध हुने भएको हो । यसमा पावरफुल हाइब्रिड इन्जिन र आधुनिक सेफ्टी फिचर उपलब्ध छन् ।
हाइब्रिड भएकाले यसमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै छ । यसमा भएको १.५ लिटर पेट्रोल इन्जिनले १३० एचपी पावर र १८५ एनएम टर्क जेनेरेट गर्छ । यसले १०.७ सेकेन्डमा ० देखि १०० किमि प्रतिघण्टाको गति लिन सक्छ । त्यसैगरी इलेक्ट्रिक मोटर प्रयोग हुँदा ११४ एचपी पावर र १४१ एनएम टर्क जेनेरेट गर्छ ।
कारमा नयाँ क्यामेरा र राम्रो राडार स्क्यानिङ सहित प्रि–कोलिजन सिस्टम, अपडेटेड एडेप्टिभ क्रुज कन्ट्रोल, एक्सेलेरेसन – सप्रेसन, सेफ एक्जिट असिस्ट र रियर सिट रिमाइन्डर सिस्टम जस्ता उत्कृष्ट एडीएएस फिचर उपलब्ध छन् ।
क्याविन समेत निकै आकर्षक रहेको छ र यसमा १०.१ इन्चको नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ओटीए अपडेटसहितको टोयोटा स्मार्ट कनेक्ट मल्टिमिडिया सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले कम्प्याटिबिलिटी र थप सुविधाहरू छन् । यसमा इलेक्ट्रिक पार्किङ ब्रेक, अटोमेटिक एसी, रियर एसी भेन्ट, ६ स्पिकर सहितको अडियो सिस्टम र १४ कलरको एम्बियन्ट लाइट दिइएको छ ।
सो गाडीको मूल्य र अन्य फिचर लन्चिङकै समयमा सार्वजनिक गरिने छ । यसको मूल्य १ करोड २५ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल...
फक्सवागनले आफ्नो इन्ट्रि लेवल इभीको टिजर स्केच सार्वजनिक गरेको छ । यो नयाँ...
चीनले सन् २०३५ सम्म ग्यासोलिन पावरबाट चल्ने सबै कार फेज आउट गर्ने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...