टोयोटा वुमन -याली २०२४ को घोषणा, खुल्दै रजिष्ट्रेसन

काठमाडौं – टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले टोयोटा वुमन -याली २०२४ आयोजना गर्ने घोषणा गरेको छ । आगामी अप्रिल २० अर्थात बैशाख ८ गते हुने सो वुमन -यालीले अटोमोटिभ क्षेत्रमा क्रियाशील महिलाहरुको एड्भेन्चर र सहयोगीपनालाई अझै प्रगाढ बनाउने उद्देश्यका साथ आयोजना गर्न लागेको कम्पनीको भनाइ छ ।

टोयोटाले सन् २००४ देखि नै यस प्रकारको -याली आयोजना गर्दै आएको थियो । तर विभिन्न कारणले बिचमा भने रोकिएको थियो । त्यसैको निरन्तरताको रुपमा यो ¥याली आयोजना गर्न लागिएको हो ।

सो -यालीले महिलाहरुलाई आफ्नो ड्राइभिङ स्किल देखाउन र अरुलाई प्रभावित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

सो -यालीमा विजेताहरुलाई नगद पुरस्कार समेत प्रदान गरिने छ । पहिलो हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् ।

आगामी मार्च १० बाट यसका लागि रजिष्ट्रेसन खुला हुनेछ । -यालीमा भाग लिन चाहने टिमले ३ हजार रुपैयाँ रजिष्ट्रेसन शुल्क तिर्नु पर्नेछ । रजिष्ट्रेसन आगामी अप्रिल १० सम्म गर्न सकिने छ ।

युनाइटेड ट्रेडर्स सिन्डिकेटले -यालीमा प्रायोजन गर्न समेत विभिन्न कम्पनीहरुलाई आग्रह गरेको छ । त्यसैगरी यसमा टोयोटाका साथै अन्य कुनै पनि सवारी साधन सहभागी हुन सक्ने बताएको छ ।

सम्बन्धित समाचारहरू

टोयोटा र शिवपुरी क्लब बीच सहकार्य : क्लबलाई जर्सी तथा खेल सामग्री हस्तान्तरण

टोयोटा र शिवपुरी क्लब बीच सहकार्य : क्लबलाई जर्सी तथा खेल सामग्री हस्तान्तरण

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

इस्ट लिंक मोटर्सको ९ महिनाको आम्दानी साढे १ अर्ब

इस्ट लिंक मोटर्सको ९ महिनाको आम्दानी साढे १ अर्ब

काठमाडौँ – विलासी कार उत्पादक कम्पनी टोयोटाको क्षेत्रीय बिक्रेता इस्ट...

जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटोमोबाइल उद्योगको शीर्ष नेतृत्वमा रहेका व्यक्तिहरुले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...