फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिने टोयोटा ल्यान्डक्रुजर एलसी ३०० सार्वजनिक, नेपालमा ५ करोड बढी मूल्य पर्ने
टोयोटाको लोकप्रिय एसयूभी ल्यान्डक्रुजर एलसी ३०० को नयाँ जेनेरेसन ग्लोबल...
टोयोटाले अर्बन क्रुजर ईभीको उत्पादन संस्करण सार्वजनिक गरेको छ । नयाँ इलेक्ट्रिक एसयूभी मारुती सुजुकी ई– भिटारामा आधारित रहने जनाइएको छ । सो नयाँ ईभीलाई टोयोटाले अर्को वर्ष भारतमा बिक्री गर्ने योजना बनाएको छ ।
सो नयाँ ईभीको एक्सटेरियरमा यू–आकारको एलईडी हेडलाइट, स्क्वायर–इश व्हील आर्च तथा कालो इन्सर्टको साथ एलईडी टेललाइट जडान गरिएको छ । साथै यसमा १८ इन्च अर्थात १९ इन्चको एरो अप्टिमाइज्ड ह्वीलहरू प्रदान गरिनेछ ।
अर्बन क्रुजर ईभीको भित्री भाग यसअघि सार्बजनिक गरिएको ई–भिटारा कन्सेप्टसँग मिल्दोजुल्दो छ । यसमा डुअल–स्क्रिन लेआउटको साथ उही ड्यासबोर्ड छ, जसमा १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ ।
फिचरको कुरा गर्नुपर्दा यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, पावर ड्राइभर सिट, सनरुफ, रिक्लाइनिङ रियर सिट, जेबीएल अडियो सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी रहेको छ । ईभीमा ३६० डिग्री क्यामेरा र एडिएएस पनि समाबेश हुनेछ ।
ई–भिटारा जस्तै, टोयोटाको इलेक्ट्रिक एसयूभी पनि ४९ र ६१ किलोवाट आवर गरी दुईवटा ब्याट्री अप्सनमा उपलब्ध हुने जनाइएको छ । सानो ब्याट्रीलाई अगाडिको एक्सललाई पावर गर्ने एकल इलेक्ट्रिक मोटरसँग जोडिनेछ । यसको आउटपुट १४२ एचपी र १८९ एनएम हुनेछ ।
साथै, ६१ किलोवाट आवर ब्याट्री सिंगल र डुअल ब्याट्री भेरिएन्टमा उपलब्ध हुनेछ भने यसको आउटपुट क्रमशः १७२ बिएचपी र १८९ एनएम तथा १८४ एिचपी र ३०० एनएम हुनेछ ।
टोयोटाको लोकप्रिय एसयूभी ल्यान्डक्रुजर एलसी ३०० को नयाँ जेनेरेसन ग्लोबल...
टोयोटाले शक्तिशाली इन्जिन जडान गरेर कोरोला जिआर ल्याएको छ । यो कारमा १.६...
टोयोटाले पाँचौ जेनेरेसन प्रियस कारको तस्बिरका साथ विभिन्न विवरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...