टोयोटाले अर्बन क्रुजर ईभी नेपाल भित्र्याउने, यस्तो छ तयारी

अन्तर्राष्ट्रिय बजारमा लन्च भएसँगै टोयोटाको नयाँ ईभी अर्बन क्रुजर नेपाल समेत भित्रिने भएको छ । नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले सो ईभी नेपाली बजारमा समेत भित्र्याउने छ ।

४९ र ६१ किलोवाट आवर दुई ब्याट्री विकल्पहरू उपलब्ध रहेको यो कार कुन ब्याट्री क्षमता भएको गाडी पहिला नेपाल आउने हो त्यो कम्पनीले खुलाएको छैन । यद्यपि नेपालका लागि टोयोटा गाडीको वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले यी दुवै क्षमताका गाडी ल्याउने संकेत देखाएको छ ।

सुजुकी र टोयोटाले संयुक्त रूपमा विकास गरेको यो ईभी भारतमा उत्पादन हुने बताइएको छ । आधुनिक फिचरहरू समावेश भएको अर्बन क्रुजरको आकर्षक लुक्सका कारण पनि यसमा सबैको ध्यान परेको छ । उच्च ड्राइभिङ अनुभव र उत्कृष्ट प्रर्फमेन्स दिने अर्बन क्रुजर सम्भवतः नेपालमा सन् २०२५ को जुनमा आइपुग्ने युनाइटेड ट्रेडर्स सिन्डिकेट निर्देशक सूर्यांश वैद्यले बताए ।

‘नेपाली बजारमा ईभीको प्रयोग बढी रहेको छ, यसको मध्यनजर गर्दै जतिसक्दो टोयोटाको ईभी ल्याउने हाम्रो चाहना हो, टोयोटाको ईभी आएपछि ग्राहकलाई कसरी राम्रो सर्भिस दिन सकिन्छ भनेर अहिले लागिरहेका छौं,’ उनले भने ।

अर्बन एसयूभी कन्सेप्टबाट विकसित अर्बन क्रुजरले उच्च प्रतिस्पर्धी बजारमा बलियो उपस्थिति जनाउने बताइँदै आएको छ । अर्बन क्रुजरको कम्प्याक्ट डाइमेन्सन टोयोटाको फुल हाइब्रिड कम्प्याक्ट एसयूभी, यारिस क्रसभन्दा अलि ठूलो छ ।

यसमा डुअल–स्क्रिन लेआउटको साथ उही ड्यासबोर्ड छ । जसमा १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ । अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर ड्राइभर सिट, सनरुफ, रिक्लाइनिङ रियर सिट, जेबीएल अडियो सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी यस गाडीका प्रमुख विशेषता हुन् ।

३६० डिग्री क्यामेरा समावेश भएको यो गाडीको लम्बाई ४,२८५ एमएम, चौडाइ १,८०० एमएम, उचाइ १,६४० एमएम, ह्विलबेस २,७०० एमएम रहेको छ । ६१ किलोवाट आवर ब्याट्री भएको गाडीको आउटपुट क्रमशः १८१ बीएचपी हुनेछ । १३५ किलोवाटको मोटर रहेको यस गाडीको अधिकतम टर्क ३०० एनएम रहने छ ।

यस्तै, १४२ बीएचपी र १४४ डीआईएन एचपी आउटपुट प्रदान गर्ने ४९ किलोवाट आवर ब्याट्री भएको अर्बन क्रुजर एफडब्लूडी संस्करणमा उपलब्ध हुनेछ । यसमा १०६ किलोवाटको मोटर छ । त्यसले १८९ एनएम टर्क प्रदान गर्छ ।

अर्बन क्रुजर ईभीले कति रेन्ज प्रदान गर्छ भनेर अझै खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । यस गाडीमा अल–ह्विल ड्राइभको विकल्प पनि दिइएको छ । कालो र खरानी रङ प्रयोग भएको यो गाडी सुजुकी ई–भिटारासँग मिल्दोजुल्दो छ । नेपाल आएको खण्डमा यो गाडी पनि धेरैको रोजाइमा पर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

एथरको नयाँ इलेक्ट्रिक स्कुटर, घुँडासम्म पानी हुँदा पनि सजिलै चलाउन सकिने

एथरको नयाँ इलेक्ट्रिक स्कुटर, घुँडासम्म पानी हुँदा पनि सजिलै चलाउन सकिने

एथर इनर्जीले चाँडै नै इलेक्ट्रिक स्कुटर रिज्टा लन्च गर्ने भएको छ ।...

इलेक्ट्रिक कारमा प्रयोग हुने एसी र डीसी चार्जरमा कुन राम्रो ?

इलेक्ट्रिक कारमा प्रयोग हुने एसी र डीसी चार्जरमा कुन राम्रो ?

कुनै पनि इलेक्ट्रिक कारमा ब्याट्री र चार्जिङ धेरै महत्वपूर्ण हुन्छ ।...

महिन्द्राको नयाँ इलेक्ट्रिक फ्ल्यागशिप एसयूभी एक्सईभी ९एस नोभेम्बर २७ मा सार्वजनिक हुँदै

महिन्द्राको नयाँ इलेक्ट्रिक फ्ल्यागशिप एसयूभी एक्सईभी ९एस नोभेम्बर २७ मा सार्वजनिक हुँदै

महिन्द्राले नोभेम्बर २७ मा भारतको आयोजना हुने ‘स्क्रिम इलेक्ट्रिक’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...