लिप मोटर टी०३ को डेलिभरी भोलीबाट सुरु हुँदै

काठमाडौं– लिप मोटरले हालै नेपाल ल्याएको नयाँ ह्याचब्याक कार टी०३ भोलिदेखी ग्राहकले पाउने भएका छन् । नेपालका लागि आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले सो नयाँ ईभीलाई भोलीदेखी औपचारिक रूपमा हस्तान्तरण गर्ने बताएको हो ।

अत्यधिक मात्रामा बुकिङ प्राप्त गरेसंगै लिपमोटर टी०३ मुलुकको विद्युतीय गतिशीलताको भविष्यलाई अघि बढाउँदै नेपाली सडकमा गुड्न तयार रहेको कम्पनीको भनाई छ । स्मार्ट प्रविधि, प्रभावशाली रेन्ज, र उचित मूल्यका साथ, टी०३ ले शहरी इभी ड्राइभिङलाई नयाँ परिभाषा दिने विश्वास कम्पनीले लिएको छ ।

२८ लाख ९९ हजारदेखी सुरू हुने लिपमोटर टी०३ मा ३७.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । डब्लुएलटिएले दाबी गरेअनुसार यस ईभीको रेन्ज ३९५ किमी रहेको छ । यसमा लेभल २ एडभान्स्ड लीप पाईलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

‘पहिलो चरणको डेलिभरी सुरु भइसकेको छ, र हामी हाम्रा ग्राहकहरूलाई लिपमोटर टी०३ प्रदान गर्न उत्साहित छौ ं। यो इभी कम्प्याक्ट आधुनिक फिचरले भरिएको छ’ साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने ।

सम्बन्धित समाचारहरू

नेपालमा पनि हाइड्रोजन गाडी चलाउन पाइने कानुन बन्दै

नेपालमा पनि हाइड्रोजन गाडी चलाउन पाइने कानुन बन्दै

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षअघि...

शून्यभन्दा तल तापक्रममा पनि इलेक्ट्रिक ट्रक ३० मिनेटमै चार्ज हुने प्रविधि सार्वजनिक

शून्यभन्दा तल तापक्रममा पनि इलेक्ट्रिक ट्रक ३० मिनेटमै चार्ज हुने प्रविधि सार्वजनिक

फिनल्याण्डको कम्पनी केम्पावरले अत्यधिक चिसो मौसममा पनि इलेक्ट्रिक सवारी...

नयाँ वर्ष २०८२ को अवसरमा जिहाे ईभी स्कुटरले ल्यायाे  ‘जिहो जिन्दगी’ अफर

नयाँ वर्ष २०८२ को अवसरमा जिहाे ईभी स्कुटरले ल्यायाे ‘जिहो जिन्दगी’ अफर

काठमाडौं – नेपालका लागि सीएफमाेटाे तथा जिहाेकाे आधिकारिक वितरक रिलायन्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...