सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
हिरो मोटोकर्पले १०० सीसी सेग्मेन्टमा आफ्नो पहिलो फ्लेक्स–फ्युल मोटरसाइकल अनावरण गरेको छ ।
कम्पनीले विश्व वातावरण दिवसको अवसर पारेर फ्लेक्स फ्युल–रेडी स्प्लेन्डर+ र एचएफ डिलक्स लन्च गरेको होे । ई२० देखि ई८५ सम्मका इथेनोल मिश्रित इन्धनबाट सञ्चालन हुने यी मोटरसाइकलको मूल्य ८७ हजार ७१० र ७२ हजार ७९२ भारु निर्धारण गरिएको छ ।
नयाँ बाइकले कार्बन उत्सर्जनलाई उल्लेखनीय रूपमा कम गर्ने दाबी गरिएको छ । २०३० सम्ममा आर्थिक कार्बन तीव्रतालाई ४५ प्रतिशतले घटाउने भारतको राष्ट्रिय उद्देश्यलाई समर्थन गर्ने कदमस्वरुप कम्पनीले नयाँ मोटरसाइकल लन्च गरेको हो ।
नयाँ स्प्लेन्डर+ फ्लेक्स फ्युलमा ९७.२ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ८.४४ बीएचपी र ८.३ एनएम टर्क जेनेरेट गर्दछ ।
नयाँ बाइकमा हिरोको आई३एस आइडल–स्टप–स्टार्ट सिस्टम र संशोधित ईसीयू उपलब्ध गराइएको छ भने नयाँ सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, साइड स्ट्यान्ड इन्जिन कट–अफ, र ट्युबलेस टायर जस्ता फिचर पाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...