सेमीकन्डक्टर अभावबाट समस्यामा परेको अटो बजारमा तरलता अभावले अर्को संकट ल्याउन सक्ने
कोरोना महामारी र त्यसले निम्त्याएको लामो लकडाउनका कारण समग्र अर्थ...
भारतको छत्तीसगढ स्टेट कन्ज्युमर कमिशनले टोयोटा किर्लोस्कर मोटर कम्पनीविरुद्ध एक महत्त्वपूर्ण फैसला सुनाएको छ । टोयोटाको इनोभा कारमा रहेको एयरब्याग सिस्टम दुर्घटनाका बेला सक्रिय नहुँदा कम्पनीलाई दोषी ठहर गरेको छ। आयोगले कोरबाका निवासी सुमित अग्रवाललाई कुल ६१ लाख ३६ हजार भारु क्षतिपूर्ति तिर्न टोयोटालाई आदेश दिएको छ । सो फैसला नोभेम्बर २५, २०२५ को हो ।
यद्यपि सो घटना भने अप्रिल २३, २०२३ मा भएको थियो । कोरबाका निवासी अमित अग्रवाल आफ्नो भाइको टोयोटा इनोभा कारमा रायपुरबाट फर्किंदै थिए। तर्दा गाउँ नजिकै अगाडिबाट आउँदै गरेको सवारी साधनसँग ठोक्किनबाट बच्न खोज्दा कारको नियन्त्रण गुम्यो। त्यसपछि एमपीभी पल्टियो र सडकछेउको रूखमा ठोक्कियो। दुर्घटनामा अमित अग्रवाल गम्भीर रूपमा घाइते भए। उनको उपचार रायपुर र हैदराबादका अस्पतालमा गरिएको थियो, जसमा कुल ३६ लाख ५३ हजार भारु खर्च भएको थियो । यति गम्भीर दुर्घटना हुँदासमेत कारमा रहेको एउटा पनि एयरब्याग नखुल्नु सबैभन्दा चिन्ताजनक पक्ष बनेको थियो।
दुर्घटनापछि सुमित अग्रवालले कोरबास्थित जिल्ला उपभोक्ता आयोगमा टोयोटा किर्लोस्कर मोटर कम्पनीविरुद्ध उजुरी दर्ता गरे । तर कम्पनीले न त आयोगमा उपस्थित भयो न त उजुरीप्रति कुनै ठोस प्रतिक्रिया नै दियो। यसपछि जिल्ला उपभोक्ता आयोगले एकतर्फी आदेश जारी गर्दै कम्पनीलाई नयाँ गाडी उपलब्ध गराउन वा त्यसको बराबरको रकम तथा चिकित्सा खर्च तिर्न निर्देशन दिएको थियो। उक्त आदेशविरुद्ध टोयोटाले बिलासपुरस्थित छत्तीसगढ राज्य उपभोक्ता आयोगमा अपिल दर्ता गर्यो। तर राज्य आयोगले कम्पनीका सबै तर्कहरू अस्वीकार गर्दै जिल्ला आयोगको निष्कर्षलाई सदर गर्यो।
राज्य उपभोक्ता आयोगले सर्वेक्षकको प्रतिवेदन, दुर्घटनापछि कारमा देखिएको क्षति र पीडितलाई लागेको गम्भीर चोटपटकको आधारमा निर्णय सुनाएको हो। आयोगका अनुसार, दुर्घटनाको समयमा एयरब्याग सिस्टम नखुल्नुले इनोभा कारमा स्पष्ट म्यान्युफ्याक्चरिङ दोष रहेको प्रमाणित हुन्छ। आयोगले उपभोक्ताले आफ्नो र परिवारको सुरक्षाका लागि महँगो कार खरिद गरेको अवस्थामा आवश्यक क्षणमा सेफ्टी सिस्टमले काम नगर्नु सेवामा गम्भीर कमी भएको टिप्पणी गरेको छ।
दुवै पक्षका तर्क सुनेपछि राज्य उपभोक्ता आयोगले टोयोटा किर्लोस्कर मोटर कम्पनीलाई सुमित अग्रवाललाई ३० दिनभित्र क्षतिपूर्ति रकम भुक्तानी गर्न आदेश दिएको छ। आदेशअनुसार, कम्पनीले नयाँ इनोभा कार वा त्यसको मूल्य बराबर २३ लाख ८३ हजार भारु, उपचारमा लागेको सम्पूर्ण ३६ लाख ५३ हजार भारु, शारीरिक तथा मानसिक पीडाबापत १ लाख भारु र कानुनी खर्चस्वरूप १० हजार भारु रकम फिर्ता गर्नुपर्नेछ।
कोरोना महामारी र त्यसले निम्त्याएको लामो लकडाउनका कारण समग्र अर्थ...
जापानी कम्पनी टोयोटा र चीनका २ कम्पनीको साझेदारीमा सेल्फ ड्राइभिङ...
टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...