९ बालबालिकाको चित्र टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा छनोट, जापान जाँदै
काठमाडौँ – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
टोयोटाले भारतका लागि एक प्रमुख र आक्रामक योजना बनाएको छ । जसअन्गर्तत, २०३० सम्ममा १५ नयाँ मोडल लन्च गरिने योजना समावेश गरिएको छ ।
मिडिया रिपोर्ट अनुसार, कम्पनीले ल्यान्ड क्रूजर एफजेलाई भारतमै उत्पादन गर्ने योजना बनाएको छ । जुन २०२८ को अन्त्यमा लन्च गरिने जनाइएको छ । सो एसयुभीलाई टोयोटाले महाराष्ट्रको छत्रपति संभाजीनगर प्लान्टमा उत्पादन गर्ने तयारी अघि बढाएको छ भने यसको मूल्य ३० लाख भारु हाराहारी पर्ने अनुमान गरिएको छ ।
टोयोटाले अर्को एउटा किफायती पिकअप ट्रकको पनि योजना बनाएको छ, जुन हाइलक्सभन्दा सानो र सस्तो हुनेछ । कम्पनीका अनुसार, यो दक्षिणपूर्वी एशियाली बजारहरूमा बेचिने हाइलक्स च्याम्प जस्तै हुन सक्ने बताइएको छ ।
नयाँ मोडलको लन्चसंगै कम्पनीले भारतमा आफ्नो बजार हिस्सा १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । टोयोटाले हाल भारतको कुल प्यासेन्जर कार बजारमा ८ प्रतिशत हाराहारी बजार हिस्सा ओगटेको छ ।
अमेरिका र चीनपछि भारत विश्वव्यापी रूपमा टोयोटाको लागि तेस्रो ठूलो बजार हो । गत वर्ष, कम्पनीले ३ लाख भन्दा बढी सवारी साधन बिक्री गरेको थियो । टोयोटाले भारतमा आफ्नो वार्षिक उत्पादन क्षमता १० लाख युनिटभन्दा बढीमा विस्तार गर्ने तयारी गरेको छ ।
काठमाडौँ – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
टोयोटाले आगामी दिनमा अन्य गाडी लन्च गर्नु अघि जुलाई १ मा अर्बन क्रुजर...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हालै दिल्लीको हैदरावाद हाउसमा नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...