२०३० सम्म टोयोटाले भारतमा १५ नयाँ मोडल लन्च गर्ने, बजार हिस्सा १० प्रतिशत पुर्याउने

टोयोटाले भारतका लागि एक प्रमुख र आक्रामक योजना बनाएको छ । जसअन्गर्तत, २०३० सम्ममा १५ नयाँ मोडल लन्च गरिने योजना समावेश गरिएको छ ।

मिडिया रिपोर्ट अनुसार, कम्पनीले ल्यान्ड क्रूजर एफजेलाई भारतमै उत्पादन गर्ने योजना बनाएको छ । जुन २०२८ को अन्त्यमा लन्च गरिने जनाइएको छ । सो एसयुभीलाई टोयोटाले महाराष्ट्रको छत्रपति संभाजीनगर प्लान्टमा उत्पादन गर्ने तयारी अघि बढाएको छ भने यसको मूल्य ३० लाख भारु हाराहारी पर्ने अनुमान गरिएको छ ।

टोयोटाले अर्को एउटा किफायती पिकअप ट्रकको पनि योजना बनाएको छ, जुन हाइलक्सभन्दा सानो र सस्तो हुनेछ । कम्पनीका अनुसार, यो दक्षिणपूर्वी एशियाली बजारहरूमा बेचिने हाइलक्स च्याम्प जस्तै हुन सक्ने बताइएको छ ।

नयाँ मोडलको लन्चसंगै कम्पनीले भारतमा आफ्नो बजार हिस्सा १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । टोयोटाले हाल भारतको कुल प्यासेन्जर कार बजारमा ८ प्रतिशत हाराहारी बजार हिस्सा ओगटेको छ ।

अमेरिका र चीनपछि भारत विश्वव्यापी रूपमा टोयोटाको लागि तेस्रो ठूलो बजार हो । गत वर्ष, कम्पनीले ३ लाख भन्दा बढी सवारी साधन बिक्री गरेको थियो । टोयोटाले भारतमा आफ्नो वार्षिक उत्पादन क्षमता १० लाख युनिटभन्दा बढीमा विस्तार गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

बीवाइडीको प्लेटफर्मममा टोयोटाले हाइब्रिड कार बनाउने

बीवाइडीको प्लेटफर्मममा टोयोटाले हाइब्रिड कार बनाउने

जापनिज अटो जायन्ट टोयोटाले चीनमा बीवाइडीको प्लेटफर्म प्रयोग गरी हाइब्रिड...

यी हुन् १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका विजेता, हजारौले बनाए ड्रिमकार

यी हुन् १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका विजेता, हजारौले बनाए ड्रिमकार

काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

भारतीय प्रधानमन्त्री मोदीको नयाँ कार : १२ करोड भारुको मर्सिडिज मेब्याक एस ६५० गार्ड

भारतीय प्रधानमन्त्री मोदीको नयाँ कार : १२ करोड भारुको मर्सिडिज मेब्याक एस ६५० गार्ड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हालै दिल्लीको हैदरावाद हाउसमा नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...