सुजुकीसँग साझेदारीमा नयाँ कार निर्माण गर्ने तयारीमा टोयोटा, फ्रोङ्क्ससँग प्रतिस्पर्धा हुने

टोयोटा इन्डियाले अर्बन क्रुजर टेजर नामको नयाँ कारको ट्रेडमार्क दर्ता गरेको छ । सो कार लन्च पछि मारुती फ्रोङ्क्ससँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

रिपोर्टका अनुसार टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी मारुती फ्रोङ्क्समा आधारित हुनेछ । यो मारुती र टोयोटाबीचको साझेदारीमा विकसित हुने पाँचौं मोडल हुनेछ । यदि टोयोटाले यो एसयूभी लन्च गरे भने अर्बन क्रुजरको रिप्लेसमेन्ट हुनेछ ।

टोयोटाले आफ्नो नयाँ मोडल फ्रोङ्क्स भन्दा फरक देखाउनका लागि नयाँ बम्पर, अलोय ह्विल, हेडलाइट र नयाँ टेललाइट समावेश गर्नेछ । इन्टेरियर डिजाइन भने साझा गर्नेछ तर फरक रङमा ।

नयाँ मोडल कम्पनीले १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनमा ल्याउन सक्ने अनुमान गरिएको छ । कम्पनीले यस एसयूभीलाई टर्बो पेट्रोल र सीएनजी इन्जिनमा पनि ल्याउने सक्ने अनुमान गरिएको छ ।

टोयोटा अर्बन क्रुजर टेजर ९ इन्चको टचस्क्रिन, ३६० डिग्री क्यामेरा, हेड–अप डिस्प्ले, वायरलेस चार्जिङ, कनेक्टेड कार टेक्नोलोजी र ६ एयरब्यागजस्ता फिचरमा ल्याउन सकिन्छ । सो एसयूभी आउँदो फेस्टिभ सिजनमा आउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

टोयोटाको सस्तो एसयूभी सार्वजनिक, ३४ किमी प्रति लिटरको माइलेज दिने

टोयोटाको सस्तो एसयूभी सार्वजनिक, ३४ किमी प्रति लिटरको माइलेज दिने

टोयोटाले दक्षिण अफ्रिकामा भिट्ज नामक नयाँ ह्याचब्याक सार्वजनिक गरेको छ ।...

टोयोटाले सार्वजनिक ग-यो पहिलो अल–इलेक्ट्रिक एसयूभी बीजेड४एक्स, ५०० किमी रेन्ज दिने

टोयोटाले सार्वजनिक ग-यो पहिलो अल–इलेक्ट्रिक एसयूभी बीजेड४एक्स, ५०० किमी रेन्ज दिने

टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स...

टोयोटाको अर्बन क्रुजर एबेला चाँडै भारतमा लन्च हुँदै

टोयोटाको अर्बन क्रुजर एबेला चाँडै भारतमा लन्च हुँदै

टोयोटाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी अर्बन क्रुजर एबेला भारतीय बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...