टोयोटाले देखायो नयाँ जेनेरेशन कोरोलाको कन्सेप्ट, यस्तो हुनेछ डिजाइन र फिचर

टोयोटाले जापानमा जारी मोबिलिटी शो २०२५ मा कोरोलाको कन्सेप्ट सार्बजनिक गरेको छ । कम्पनीले मिडसाइज सेडानको नेक्स्ट जेनेरेशनलाई छिट्टै लन्च गर्ने जानकारी सहित नयाँ कन्सेप्ट सार्बजनिक गरेको हो ।

कोरोलाको उक्त कन्सेप्टमा ब्रान्डको बिजेड सिरिजबाट प्रेरित आकर्षक डिजाइन दिइएको छ । स्लिक र कम स्लङ सेडानमा बुमेराङ आकारको एलईडी डिआरएलको साथ अगाडि पूर्ण–चौडाइको एलईडी लाइट बार र पछाडि -यापराउन्ड एलईडी लाइट बार रहेको छ ।

साथै यसको फ्लेर्ड ह्वील आर्चहरूमा एगुंलर डिजाइन दिइएको छ भने १९ इन्चको ठुला ह्विल राखिएको छ । यसमा एकीकृत डकटेल स्पोइलर पनि उपलब्ध छ ।

कोरोला कन्सेप्टको भित्री भागमा थ्री स्पोक स्टेयरिङ ह्वील र सिधै स्टेयरिङ कोलममा माउन्ट गरिएको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरको साथ एक मिनिमिलिस्टिक ड्यासबोर्ड छ । पछाडी सिटमा वस्ने यात्रुका लागि दोस्रो स्क्रिन प्रदान गरिएको छ ।

टोयोटाले कोरोला अवधारणाको कुनै प्राविधिक विवरणहरू सार्बजनिक गरेको छैन । यद्यपि, उत्पादन संस्करणले इलेक्ट्रिक, हाइब्रिड, प्लग–इन हाइब्रिड र परम्परागत आईसिई पावरट्रेन विकल्पमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

सस्तो भयो टोयोटा हाइलक्सको वेस भेरिएन्ट, वाँकी दुई भेरिएन्टको मूल्य वढ्यो

सस्तो भयो टोयोटा हाइलक्सको वेस भेरिएन्ट, वाँकी दुई भेरिएन्टको मूल्य वढ्यो

टोयोटाले भारतमा हाइलक्स पिकअपको मूल्य हेरफेर गरेको छ । कुल तीन भेरिएन्टमा...

जीएसी एवोन भीमा आधारित टोयोटा बीजेड३एक्स ईभीमा क्रेज, पहिलो घण्टामै १० हजार युनिट अर्डर

जीएसी एवोन भीमा आधारित टोयोटा बीजेड३एक्स ईभीमा क्रेज, पहिलो घण्टामै १० हजार युनिट अर्डर

टोयोटाले तेस्रो ईभीको रुपमा बीजेडथ्रीएक्स ( बीजेड३एक्स) एसयूभी चीनमा...

सानो ल्यान्ड क्रुजर आउँदै

सानो ल्यान्ड क्रुजर आउँदै

काठमाडौं– टोयोटाले आफ्नो लोकप्रिय एसयूभी ल्यान्ड क्रुजरलाई सानो आकारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...