चिनियाँ कम्पनीसँग साझेदारी गर्दै सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार निर्माण गर्ने टोयोटाको तयारी

जापानी कम्पनी टोयोटा र चीनका २ कम्पनीको साझेदारीमा सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार निर्माण गरिने भएको छ । चीनको म्यानुफ्याक्चर सहयोगी कम्पनी पोनी र टोयोटा बीच सो सम्झौता भएको हो । यसको लागि १ अर्ब युआन भन्दा बढी लगानी गरिने छ । यद्यपि कम्पनीले आधिकारिक रुपमा सेल्फ ड्राइभिङ कारको बारेमा कुनै जानकारी दिएको छैन ।

पोनी डट एआईका अनुसार कम्पनीको मुख्य उद्देश्य भनेको भविष्यमा ठूलो मात्रामा सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार उत्पादन गर्नु हो । सेल्फ–ड्राइभिङ कारले विश्वको धेरै टप अटो र टेक्नोलोजी कम्पनीलाई लगानी गर्न आकर्षित गरेको छ । टोयोटाले आफ्नो चिनियाँ वेबसाइटमा सो भेन्चरको घोषणा गरेको हो ।

अटोमोटिभ कम्पनीले ३ वर्षअघि पोनी डट एआईमा ४०० मिलियन डलर लगानी गरेको थियो । २०१६ मा स्थापित पोनी डट एआई ग्वाङ्झाउ अटोमोबाइल ग्रुपसँग पनि जोडिएको छ, यो जीएसी टोयोटा मोटर कम्पनीमा टोयोटाको निर्माण साझेदार हो ।

पोनी डट एआई क्यालिफोर्नियाको फ्रेमोन्टमा रहेको छ, जसले अमेरिका र चीनमा सेल्फ–ड्राइभिङ सवारी साधन निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँछ ।

सम्बन्धित समाचारहरू

बीवाईडी ब्लेड ब्याट्री प्रयोग भएको टेस्ला मोडल वाई एक महिना भित्रै आउने

बीवाईडी ब्लेड ब्याट्री प्रयोग भएको टेस्ला मोडल वाई एक महिना भित्रै आउने

टेस्लाका लागि चीनको विश्व प्रसिद्ध कम्पनी बीवाईडीले उपलब्ध गराएको ब्लेड...

हिरो इलेक्ट्रिक बाइक उत्पादन गर्ने चर्चासँगै बढ्यो हिरो मोटोकर्प र हिरो इलेक्ट्रिक विवाद

हिरो इलेक्ट्रिक बाइक उत्पादन गर्ने चर्चासँगै बढ्यो हिरो मोटोकर्प र हिरो इलेक्ट्रिक विवाद

हिरो मोटोकर्पले हिरो ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने...

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...