टोयोटा विजय उत्सवमा एक्सचेन्जदेखि बीमासम्मको सुविधा, कोरोला क्रस हाइब्रिडमा बम्पर छुट
काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
काठमाडौं – टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले टोयोटाको विश्वव्यापी पहल ‘स्टार्ट योर इम्पोसिबल’ का लागि राष्ट्रिय टेबल टेनिस च्याम्पियन नबिता श्रेष्ठसँग सहकार्यको घोषणा गरेको छ ।
नौ पटक सम्म टेबल टेनिस च्याम्पियन बनेकी नबिता श्रेष्ठले २०६७ देखि २०८० सम्म वुमन सिंगल्स टाइटल जितेकी थिइन् । उनी साउथ एसियन गेम्स, एसियन गेम्स, वर्ल्ड टेबल टेनिस च्याम्पियनसिप र एसियन च्याम्पियनसिप जस्ता प्रतिष्ठित खेलमा समेत सहभागी भइसकेकी छिन् ।
युटीएसका डाइरेक्टर सुर्यांश वैद्यले नबितासँग सहकार्य गरेर युटीएसले आफ्नो इतिहासमा अझै उचाई थपेको र यसबाट उनको खेल करियरमा समेत सहयोग पुग्ने अपेक्षा गरे ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्थानीय कलाकारलाई सहयोग गर्ने युटीएसको प्रतिबद्धतालाई सम्मान गर्दै यसबाट खेलाडीहरुलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा भाग लिन सहयोग पुग्ने बताए ।
टोयोटाको ‘स्टार्ट योर इम्पोसिबल’ विश्वव्यापी पहल अन्तर्गत नबिताले विश्वका अन्य २०० खेलाडीसँगै टोयोटाको ग्लोबल टिम टोयोटा एथ्लेट (जीटीटीए) को रुपमा सहभागिता जनाउने छिन् । यस अनुसार विभिन्न खेलाडीहरुको रियल–लाइफ मोबिलिटी स्टोरी प्रस्तुत गरिने छ ।
यसबाट महिला सशक्तिकरणमा समेत सहयोग पुग्ने युनाइटेड ट्रेडर्स सिन्डिकेटको भनाइ छ ।
काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
काठमाडौं – हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...