नाइमा नेपाल मोबिलिटी एक्सपाेमार्फत लाइफटाइम फ्रि पिकअप एन्ड ड्रप सर्भिस दिदै टाेयाेटा

काठमाडौं - नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले विशेष अफर ल्याउने भएकाे छ।

आगामी साउन २१ देखि २५ अर्थात अगस्त ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्सपाेमा युनाइटेड ट्रेडर्स सिन्डिकेटले 'टोयोटा मेगा अफर' ल्याउँदैछ |

एक्सपाेमा टोयोटाका तीन मोडल यारिस क्रस हाइब्रिड र ल्यान्डक्रुजर २५० प्रदर्शनमा राखिनेछन् |

उक्त एक्सपाेमा टोयोटाको कुनै पनि गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले 'मेगा डिस्काउन्ट' , 'प्ल्याटिनम कार्ड' साथै एक्सपाेमा बुकिङ गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा अर्थात लाइफटाइम फ्रि पिकअप एन्ड ड्रप सर्भिस पाउनेछन् ।

स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्ने कम्पनीकाे भनाइ छ ।

यो अफर नेपाल मोबिलिटी एक्सपाे २०२५ मा बुकिङ गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुने समेत बताइएको छ ।

सम्बन्धित समाचारहरू

चर्चामा बतास समूह : अटोमोबाइल व्यवसायमा मानिन्छ प्रतिष्ठित

चर्चामा बतास समूह : अटोमोबाइल व्यवसायमा मानिन्छ प्रतिष्ठित

पछिल्लो केही दिन यता सञ्चार माध्यममा सबैभन्दा बढी चर्चा गरिएको विषय हो...

टोयोटाले १५ सय किलोमिटर रेन्ज दिने विद्युतीय गाडीको ब्याट्री ल्याउने

टोयोटाले १५ सय किलोमिटर रेन्ज दिने विद्युतीय गाडीको ब्याट्री ल्याउने

टोयोटाले लगभग १ हजार ५ सय किलोमिटर रेन्ज दिन सक्ने अर्को पुस्ताको...

मारुती–टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभी लन्च तयारी : सार्वजनिक भयो थप जानकारी

मारुती–टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभी लन्च तयारी : सार्वजनिक भयो थप जानकारी

मारुती सुजुकी इन्डिया इलेक्ट्रिक भेइकल सेगमेन्टमा प्रवेश गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...