टोयोटाले ल्यायो नयाँ एमपीभी रुमियन

टोयोटाले भारतीय बजारमा नयाँ रुमियन एमपीभी लन्च गरेको छ । कम्पनीले सो एमपीभी ६ भेरिएन्टमा लन्च गरेको छ । जसमा ५ वटा पेट्रोल र १ वटा सीएनजी इन्जिनको छ ।

कम्पनीले रुमियनमा १७.७८ सेमी इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कार प्ले, टोयोटा आई कनेक्ट, ड्युअल फ्रन्ट एयरब्याग, फ्रन्ट सिट साइड एयरब्याग, एबीएस, ईबीडी, इन्जिन इमोबिलाइजर, ईएसपी, ड्युअल टोन इन्टेरियर, वुडेन फिनिश ड्यासबोर्ड जस्ता फिचर दिएको छ ।

टोयोटाले रुमियनमा केही कस्मेटिक परिवर्तन गरेको छ । यसमा फरक ग्रिल दिइएको छ, जुन इनोभाबाट प्रेरित छ । यसको अगाडिको बम्पर र साइड प्रोफाइलको अलोय ह्विल परिवर्तन गरिएको छ ।

टोयोटाले रुमियन पेट्रोल र सीएनजी गरी २ वटा पावरट्रेनमा लन्च गरेको हो । यी दुवै भेरिएन्टमा १.५ लिटर, चार सिलिन्डर, नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले १०१ बीएचपी र १३६.८ एनएमको टर्क जेनेरेट गर्छ । तर, सीएनजी मोडमा भने ८६.६३ बीएचपीको पावर जेनेरेट गर्छ ।

सो दुबै पावरट्रेनमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश छ । पेट्रोल पावरट्रेनमा ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्पमा उपलब्ध छ । टोयोटाले पेट्रोल भेरिएन्टमा २०.५१ किमी प्रतिलिटर र सीएनजी भेरिएन्टमा २६.११ किमी प्रतिकिलोग्राम माइलेज दिने दाबी गरेको छ ।

टोयोटा रुमियनको मूल्य १० लाख २९ हजार भारु तोकिएको छ, जसमा टप भेरिएन्टको मूल्य १३ लाख ६८ हजार भारु तोकिएको छ । यसको बुकिङ सुरु भइसकेको कम्पनीले जनाएको छ । यसका लागि ११ हजार भारु मूल्यमा अनलाइन वा अफलाइन बुकिङ गर्न सकिन्छ । कम्पनीले सेप्टेम्बर ८ बाट यसको डेलिभरी सुरु गर्नेछ ।

सम्बन्धित समाचारहरू

मनाङ मर्स्याङदी क्लबको मुख्य प्रायोजक फेरि पनि टोयोटा, भयो सम्झौता

मनाङ मर्स्याङदी क्लबको मुख्य प्रायोजक फेरि पनि टोयोटा, भयो सम्झौता

काठमाडौं – टोयोटाले नेपाली फुटबल टिम मनाङ मर्स्याङदी क्लबलाई प्रायोजन...

टोयोटा वुमन -याली २०२४ को घोषणा, खुल्दै रजिष्ट्रेसन

टोयोटा वुमन -याली २०२४ को घोषणा, खुल्दै रजिष्ट्रेसन

काठमाडौं – टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

टोयोटा गाडी किन्न गरिमा विकास बैंकले आधार दरमै कर्जा दिने

टोयोटा गाडी किन्न गरिमा विकास बैंकले आधार दरमै कर्जा दिने

काठमाडौं – गरिमा विकास बैंक लिमिटेड र नेपालका लागि टोयोटा गाडीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...