नेपाली बजारमा लन्च भयो टोयोटाको कम्प्याक्ट एसयूभी राइज, मूल्य ६६ लाख देखि ८६ लाख सम्म
काठमाडौं – नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज लन्च भएको छ...
टोयोटाले भारतीय बजारमा नयाँ रुमियन एमपीभी लन्च गरेको छ । कम्पनीले सो एमपीभी ६ भेरिएन्टमा लन्च गरेको छ । जसमा ५ वटा पेट्रोल र १ वटा सीएनजी इन्जिनको छ ।
कम्पनीले रुमियनमा १७.७८ सेमी इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कार प्ले, टोयोटा आई कनेक्ट, ड्युअल फ्रन्ट एयरब्याग, फ्रन्ट सिट साइड एयरब्याग, एबीएस, ईबीडी, इन्जिन इमोबिलाइजर, ईएसपी, ड्युअल टोन इन्टेरियर, वुडेन फिनिश ड्यासबोर्ड जस्ता फिचर दिएको छ ।
टोयोटाले रुमियनमा केही कस्मेटिक परिवर्तन गरेको छ । यसमा फरक ग्रिल दिइएको छ, जुन इनोभाबाट प्रेरित छ । यसको अगाडिको बम्पर र साइड प्रोफाइलको अलोय ह्विल परिवर्तन गरिएको छ ।
टोयोटाले रुमियन पेट्रोल र सीएनजी गरी २ वटा पावरट्रेनमा लन्च गरेको हो । यी दुवै भेरिएन्टमा १.५ लिटर, चार सिलिन्डर, नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले १०१ बीएचपी र १३६.८ एनएमको टर्क जेनेरेट गर्छ । तर, सीएनजी मोडमा भने ८६.६३ बीएचपीको पावर जेनेरेट गर्छ ।
सो दुबै पावरट्रेनमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश छ । पेट्रोल पावरट्रेनमा ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्पमा उपलब्ध छ । टोयोटाले पेट्रोल भेरिएन्टमा २०.५१ किमी प्रतिलिटर र सीएनजी भेरिएन्टमा २६.११ किमी प्रतिकिलोग्राम माइलेज दिने दाबी गरेको छ ।
टोयोटा रुमियनको मूल्य १० लाख २९ हजार भारु तोकिएको छ, जसमा टप भेरिएन्टको मूल्य १३ लाख ६८ हजार भारु तोकिएको छ । यसको बुकिङ सुरु भइसकेको कम्पनीले जनाएको छ । यसका लागि ११ हजार भारु मूल्यमा अनलाइन वा अफलाइन बुकिङ गर्न सकिन्छ । कम्पनीले सेप्टेम्बर ८ बाट यसको डेलिभरी सुरु गर्नेछ ।
काठमाडौं – नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज लन्च भएको छ...
भारतमा कोरोना कालमा भारुतमा लक्जरी कारको बिक्रीमा तीव्रता आएको छ । जर्मन...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हालै दिल्लीको हैदरावाद हाउसमा नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...