दीपावलीमा ल्यायो टोयोटाले आकर्षक अर्बन क्रूजर हाइराइडर एरो एडिसन

टोयोटाले दीपावलीको अवसरमा आफ्नो लोकप्रिय एसयूभीको नयाँ भर्सन अर्बन क्रूजर हाइराइडर एरो एडिसन भारतीय बजारमा लन्च गरेको छ । यो सीमित संस्करणको स्टाइलिङ प्याकेज हो, जसले गाडीको प्रतिष्ठा र आकर्षणलाई अझ बढाएको छ। कम्पनीका अनुसार एरो एडिसन विशेष रूपमा लग्जरी, कम्फर्ट र आधुनिकताको संयोजन खोज्ने ग्राहकहरुका लागि तयार गरिएको हो ।

नयाँ अर्बन क्रूजर हाइराइडर एरो एडिसनको फ्रन्टमा स्पोइलर, रियर स्पोइलर र साइड स्कर्टजस्ता नयाँ एलिमेन्ट थपिएको छ ।  फ्रन्ट स्पोइलरले गाडीलाई अझ आकर्षक लुक प्रदान गरेको छ भने रियर स्पोइलरले स्पोर्टी लुक प्रदान गरेको छ । साथै साइड स्कर्टको फ्लोइङ लाइन्सले गाडीको प्रिमियम लुक प्रदान गरेको छ ।

एरो एडिसन ह्वाइट, सिल्भर, ब्ल्याक र रेड गरी चार आकर्षक रङमा उपलब्ध छ। यसको एक्सक्लुसिभ स्टाइलिङ प्याकेज एक्सेसरीज ३१ हजार ९९९ भारुमा उपलब्ध गराएको छ । सो एसयूभी टोयोटा सबै डिलरशिपबाट खरिद गर्न सकिन्छ।

अर्बन क्रूजर हाइराइडरको मूल्य १० लाख ९४ हजार भारुबाट सुरु हुने बताइएको छ । सन् २०२२ मा बजारमा प्रवेश गरेदेखि सो मोडलले भारतीय एसयूभी बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ र हालसम्म १ लाख ६८ हजार युनिट बिक्रीको कीर्तिमान बनाइसकेको छ ।

टोयोटाले यो विशेष संस्करणमार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक प्रविधि, बोल्ड डिजाइन र प्रिमियम अनुभवको संयोजन प्रदान गर्ने उद्देश्य राखेको छ। एरो एडिसनले हाइराइडरलाई अझ आकर्षक र विशेष बनाउँदै बजारमा यसको उपस्थिति थप मजबुत बनाएको छ।

सम्बन्धित समाचारहरू

टोयोटाले सार्वजनिक ग-यो पहिलो अल–इलेक्ट्रिक एसयूभी बीजेड४एक्स, ५०० किमी रेन्ज दिने

टोयोटाले सार्वजनिक ग-यो पहिलो अल–इलेक्ट्रिक एसयूभी बीजेड४एक्स, ५०० किमी रेन्ज दिने

टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स...

टोयोटाको भारतमा एक दशक यताकै सर्वाधिक विक्री रेकर्ड

टोयोटाको भारतमा एक दशक यताकै सर्वाधिक विक्री रेकर्ड

सन् २०२२ मा टोयोटाले भारतमा एक दशक यताकै सर्बाधिक गाडी विक्री गरेको छ । यो...

यस्तो छ टोयोटाको नयाँ इन्जिन सहितको इनोभा क्रिस्टा

यस्तो छ टोयोटाको नयाँ इन्जिन सहितको इनोभा क्रिस्टा

टोयोटाले आफ्नो बहुप्रतिक्षित कार इनोभा क्रिस्टा २.४ लिटर ४ सिलिन्डर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...