भारतमा फ्लेक्स फ्युल टेक्नोलोजी आयो, के छ यसको फाइदा र बेफाइदा

टोयोटा इनोभा इथानोलमा चल्न सक्ने फ्लेक्स फ्युल इन्जिन भएको भारतको पहिलो कार बनेको छ । यस पछि फ्लेक्स फ्युलको चर्चा पनि चुलिएको छ ।

फ्लेक्स फ्युल टेक्नोलोजी कुनै नयाँ प्रविधि होइन । फ्लेक्स फ्युल पहिलो पटक १९९० को सुरुमा विकसित भएको थियो । रिपोर्टका अनुसार २०१७ सम्ममा सडकमा लगभग २१ मिलियन फ्लेक्स फ्युल सवारी साधनहरू थिए ।

भारतीय सरकार पनि सो टेक्नोलोजीलाई जोड दिइरहेको छ । सरकारले अटो निर्मातालाई यस सेगमेन्टमा बढी ध्यान केन्द्रित गर्न प्रेरित गरिरहेको छ ।

फ्लेक्स फ्युल के हो?
फ्लेक्स फ्युललाई फ्लेक्सिबल इन्धन पनि भनिन्छ । फ्लेक्स फ्युल पेट्रोल र मिथानोल वा इथानोलको मिश्रणबाट बनेको वैकल्पिक इन्धन हो । फ्लेक्स फ्युल सवारी साधनमा इन्टरनल कब्सन इन्जिन हुन्छ, सो इन्जिन एक भन्दा बढी प्रकारको इन्धनमा चलाउन सकिन्छ । भारत, अमेरिका र ब्राजिलले फ्लेक्स फ्युल टेक्नोलोजीमा बढी ध्यान केन्द्रित गरिरहेको छ ।

फ्लेक्स फ्युलको फाइदा
पेट्रोल र इथानोलको मिश्रणबाट बनेको फ्लेक्स फ्युल पेट्रोलभन्दा सस्तो हुन्छ । साथै यो वातावरण मैत्री पनि हुन्छ । फ्लेक्स फ्युलको लागि आवश्यक इथानोलमा मकै र उखुको प्रयोग गरिन्छ । यसले किसानलाई मकै र उखु उत्पादनमा प्रोत्साहन गर्छ ।

इथानोल पेट्रोल भन्दा स्वच्छ र हरित हुन्छ । इथानोल जलाउँदा पेट्रोलले भन्दा धेरै प्रदूषण गर्दैन । तसर्थ, सवारी साधनमा इथानोलमा आधारित फ्लेक्स फ्युल प्रयोग गर्दा टेलपाइप उत्सर्जन कम हुन्छ ।

फ्लेक्स फ्युलको बेफाइदा
फ्लेक्स फ्युल पेट्रोलको तुलनामा कम शुद्ध हुने हुनाले यसले कारको इन्जिनमा केही समस्या भने निम्त्याउन सक्छ । इथानोलले सजिलै फोहोरलाई शोषित गर्छ, जसले सम्भावित रूपमा खिया लाग्ने र इन्जिनमा क्षति पु¥याउन सक्छ । साथै फ्लेक्स फ्युलले कारको माइलेजलाई पनि केही हानी पु-याउँछ ।

सम्बन्धित समाचारहरू

हाइब्रिड कारको रेन्जमा इलेक्ट्रिक कार ल्याउने तयारीमा टोयोटा

हाइब्रिड कारको रेन्जमा इलेक्ट्रिक कार ल्याउने तयारीमा टोयोटा

टोयोटाले आफ्नो पोर्टफोलियोमा विद्युतीय सवारी साधनको संख्या बढाउने...

यस्तो छ टोयोटाको नयाँ इन्जिन सहितको इनोभा क्रिस्टा

यस्तो छ टोयोटाको नयाँ इन्जिन सहितको इनोभा क्रिस्टा

टोयोटाले आफ्नो बहुप्रतिक्षित कार इनोभा क्रिस्टा २.४ लिटर ४ सिलिन्डर...

टोयोटाले सार्वजनिक ग-यो पहिलो अल–इलेक्ट्रिक एसयूभी बीजेड४एक्स, ५०० किमी रेन्ज दिने

टोयोटाले सार्वजनिक ग-यो पहिलो अल–इलेक्ट्रिक एसयूभी बीजेड४एक्स, ५०० किमी रेन्ज दिने

टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...