यस्तो छ टोयोटाले सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी, नेपालमा पनि आउने

टोयोटाले आफ्नो पहिलो अल इलेक्ट्रिक एसयूभी बीजेड४एक्स सार्वजनिक गरेको छ । सो इलेक्ट्रिक कारले हुन्डाई आयोनिक ५ र किया ईभी६ सँग प्रतिस्पर्धा गर्नेछ । यो जापानको टोयोटाको प्लान्टमा निर्माण हुनेछ । यसको प्रारम्भिक मूल्य ४२ हजार डलर तोकिएको छ ।

सो इलेक्ट्रिक कार ई–टीएनजीए प्लेटफर्ममा आधारित छ । पहिलो वर्षमा सो एसयूभी ५ हजार युनिट बिक्री गर्ने अपेक्षा गरिएको छ । यो इलेक्ट्रिक कार नेपाली बजारमा समेत आउने अपेक्षा गरिएको छ ।

टोयोटाको बीजेड४एक्सको ह्विलबेस १५ सेन्टिमिटर लामो र ५ एमएम चौडा छ । टोयोटाले सो इलेक्ट्रिक एसयूभी मिड साइजको सेगमेन्टमा सबैभन्दा ठूलो लेग रुम उपलब्ध गराएको दाबी गरेको छ । टोयोटाले सो कारमा फ्रन्ट ह्विल ड्राइभ र अल ह्विल ड्राइभ दुवै सिस्टममा उपलब्ध गराइएको छ ।

कारको सेन्टर कन्सोलमा स्मार्टफोनको लागि वायरलेस चार्जिङ, यूएसबी सी र ए पोर्टको साथै ठूलो १२.३ इन्चको मल्टिमिडिया सिस्टममा उपलब्ध छ । कारमा टोयोटाले ९ स्पिकर जेबीएल स्पिकर सिस्टम जोडेको छ, जसलाई ८ च्यानल ८०० डब्ल्यु एम्पलीफायर र ९ इन्च सबवुफरसँग जोडिएको छ ।

बीजेड४एक्स इलेक्ट्रिक कार २ भेरिएन्टमा रहेको छ । एफडब्ल्युडी भेरिएन्टले २०१ एचपीको पावर र एडब्ल्युडी भेरिएन्टले २१४ एचपीको पावर जेनेरेट गर्ने क्षमता रहेको छ । एफडब्ल्युडी भेरिएन्टले ७ सेकेन्डमा र एडब्ल्युडी भेरिएन्टले ६.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमता रहेको छ ।

एफडब्ल्युडी मोडेल ५५९ किलोमिटरको रेन्ज र एडब्ल्युडी ५४० किलोमिटरको रेन्ज रहेको छ । टोयोटाले धेरै चार्जिङ विकल्पहरू सहित बीजेड४एक्स पेश गरेको छ । यसमा १२० भी र २४० भी चार्जरको साथै डीसी फास्ट चार्जरहरु समावेश छन् । ६.६ किलोवाटको चार्जरबाट बीजेड४एक्स ९ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक भर्सनमा लन्च हुने भयो सुजुकी जिम्नी

इलेक्ट्रिक भर्सनमा लन्च हुने भयो सुजुकी जिम्नी

मारुती सुजुकीले प्लान २०३० अन्तर्गत इलेक्ट्रिक कारको बारेमा ठूलो घोषणा...

नेपाल भित्रियो सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य

नेपाल भित्रियो सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य

काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जिहो’ भित्रिएको...

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...