हाइब्रिड कारको रेन्जमा इलेक्ट्रिक कार ल्याउने तयारीमा टोयोटा

टोयोटाले आफ्नो पोर्टफोलियोमा विद्युतीय सवारी साधनको संख्या बढाउने बहुपक्षीय रणनीति अपनाउने लक्ष्य राखेको छ । ब्याट्री इलेक्ट्रिक भेइकल फ्याक्ट्रीका अध्यक्ष ताकेरो काटोले कम्पनीले हाइब्रिड सवारी साधनको बराबरीमा ड्राइभिङ रेन्ज प्रदान गर्ने ब्याट्री इलेक्ट्रिक सवारीसाधन ल्याउन खोजिरहेको जानकारी दिएका छन् । टोयोटा टाइम्सका अनुसार अटो कम्पनीले बीईभीमा काम गरिरहेको र २०२६ सम्ममा बजारमा आउने सम्भावना छ ।

रिपोर्टका अनुसार ईभीमा लाग्ने लागतलाई घटाउनुका साथै टोयोटाले उत्पादन बढाउनमा पनि ध्यान केन्द्रित गरिरहेको छ । सन् २०३० सम्ममा कम्पनीले ३५ लाख बीईभी उत्पादन र बिक्री गर्ने योजना छ ।

टोयोटा सबैभन्दा ठूलो कार निर्माता मध्ये एक भए पनि इलेक्ट्रिक सवारी साधन क्षेत्रमा ढिलो प्रवेश गरेको कम्पनी हो । साथै, कम्पनी सधैं इलेक्ट्रिक रणनीतिको विरुद्धमा थियो । अन्य निर्माताले प्योर इलेक्ट्रिक कारमा जोड दिए पनि टोयोटा बीईभीका लागि हिचकिचाइरहेको थियो । यसको सट्टा कम्पनीले भेरिएबल ग्रीन पावरट्रेन समाधानमा ध्यान केन्द्रित ग¥यो । तर, विद्युतीय सवारी साधनको बढ्दो मागलाई ध्यानमा राखेर टोयोटाले आफ्नो रणनीति परिवर्तन गर्न बाध्य भयो ।

काटोले भने, ‘मलाई बीईभी मन पर्छ । बीईभी मार्फत म कार र कामको भविष्य परिवर्तन गर्न चाहन्छु । सबै भन्दा पहिले कार । हामी हाइब्रिड सवारी साधन जस्तै धेरै लोकप्रिय रहेका क्रुजिङ रेन्जका लागि लक्ष्य राख्नेछौं । यो ठूलो काम हो र हामीले बनाउने र डेलिभरी गर्ने बीईभी उत्पादनमा टोयोटाको अद्वितीय चरित्र महसुस गरून् भन्ने चाहन्छौं ।’

सम्बन्धित समाचारहरू

ललितपुरमा टोयोटा एक्सचेन्ज क्याम्प चल्दै, पुराना गाडीसँग टोयोटा गाडी साट्न सकिने

ललितपुरमा टोयोटा एक्सचेन्ज क्याम्प चल्दै, पुराना गाडीसँग टोयोटा गाडी साट्न सकिने

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको अधिकारिक बिक्रेता युनाइटेड...

२०३० सम्म टोयोटाले भारतमा १५ नयाँ मोडल लन्च गर्ने, बजार हिस्सा १० प्रतिशत पुर्याउने

२०३० सम्म टोयोटाले भारतमा १५ नयाँ मोडल लन्च गर्ने, बजार हिस्सा १० प्रतिशत पुर्याउने

टोयोटाले भारतका लागि एक प्रमुख र आक्रामक योजना बनाएको छ । जसअन्गर्तत, २०३०...

थप फिचरले भरिपूर्ण फर्चुनरको अपडेटेड नयाँ मोडल लन्च

थप फिचरले भरिपूर्ण फर्चुनरको अपडेटेड नयाँ मोडल लन्च

टोयोटा मोटरले फेसलिफ्ट एसयूभी फर्चुनरको नयाँ लिडर भेरिएन्ट लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...