डिसेम्बरमा नेपाल आउने भयो टोयोटा राइज, कति पर्ला मूल्य
काठमाडौं – नेपाली बजारमा टोयोटाको नयाँ एसयूभी राइज बिक्रीका लागि उपलब्ध...
टोयोटाले शक्तिशाली इन्जिन जडान गरेर कोरोला जिआर ल्याएको छ । यो कारमा १.६ लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको हो । जसको अधिकतम पावर ३०४ एचपी र टर्क ३७० एनएम रहने जनाइएको छ । यो ह्याचव्याक कारलाई लामोसयमदेखी प्रतिक्षा गरिँदै आएको थियो । गाजो रेसिङ पर्फमेन्स डिभिजनले विकास गरेको यो कारले होन्डा सिभिक टाइप आर र फक्सवागन गल्फ आरसंग प्रतिस्पर्धा गर्नेछ ।
टोयोटाले यसअघि यारिस, सुप्रा र ८६ मोडललाई समेत यो भर्सनमा उतारिसकेको छ । ६ स्पिड म्यानुअल ट्रान्समिसन र अल ह्विल ड्राइभि सिस्टम दिइएको यो नयाँ कारमा ट्रिपल एक्जिट एक्जस्ट, नयाँ मल्टि जेट आयल पिस्टन कुलिङ सिस्टम र ठूलो एक्जस्ट भल्भ जस्ता फिचर्स सामेल गरिएको छ । साथै यसको सर्किट एडिसनमा कार्बन फाइवर वडी प्यानल सहित अन्य मेकानिकल परिबर्तनहरु समेत थप गरिएको छ ।
१८ इन्चको स्पोर्टस ह्विल जडान गरिएको यो शक्तिशाली ह्याचब्याक कारमा मेशिलन ब्रान्डको पाइलट स्पोर्ट टायर दिइएको छ । यो कारले इन्जिन स्टार्ट भएको ५ सेकेन्ड समयमै १ सय किलोमिटरसम्मको गति पकड्न सकने आँकलन गरिएको छ । कारको क्याविनलाई मोटर स्पोर्ट थिममा डिजाइन गरिएको छ ।
जहाँ एउटा आधुनिक र सुबिधासम्पन्न कारमा उपलब्ध हुनपर्ने सबैजसो फिचर्स उपलब्ध गराएको छ । यो कारकाको स्टेरिङ ह्विललाई लेदरले वेरिएको छ भने सिटमा जिआर व्याज लेखिएको छ । एल्मुनियम पेडल जडित यो कारको सर्किट एडिसनमा टोयोटा अध्यक्ष अकियो टोयोडाले हस्ताक्षर गरेको सिफ्ट नव दिइएको छ ।
काठमाडौं – नेपाली बजारमा टोयोटाको नयाँ एसयूभी राइज बिक्रीका लागि उपलब्ध...
कम्वसन इन्जिनयुक्त प्यासेन्जर कार र १५० सीसी माथिका मोटरसाइकलमा लगाइएको...
काठमाडौँ – विलासी कार उत्पादक कम्पनी टोयोटाको क्षेत्रीय बिक्रेता इस्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...