अब पर्यटकले अनलाइनमार्फत ‘बस टिकट’ काट्न पाउने

काठमाडौं -आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने भएका छन् । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था मिलाएको हो ।

यसअघि विभिन्न अनलाइन माध्याममार्फत टिकट खरिद गर्दै आएका पर्यटकको सुविधाका लागि टिवानले ‘टुरिष्ट बस नेपाल’ एप्समार्फत टिकट काट्न मिल्ने व्यवस्था गरेको टिवानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए।

‘आन्तरिक तथा बाह्य पर्यटक नझुक्किउन र उनीहरूलाई टिकट खरिदमा सहजता होस् भन्ने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएका हौँ” उनले भने, “यस एप्समार्फत आफू जान चाहेको बसको टिकट, सिट नं र स्थानको सहजै टिकट लिन सकिनेछ ।” हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर तथा पोखरादेखि लुम्बिनी र सौराहामा झण्डै एक सय पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका टिवानका उपाध्यक्ष भीष्म न्यौपानेले जानकारी दिए।

टिवानले आगामी असोजदेखि पोखरादेखि मुक्तिनाथसम्म पर्यटकीय बस सञ्चालन गर्ने तयारी थालेको उनले बताए। उनका अनुसार हाल काठमाडौँमा पर्यटकीय बसका लागि छुट्टै बसपार्क नहुँदा अस्थायी रुपमा सोह्रखुट्टेस्थित सडकबाट सञ्चालन हुँदै आएका छन् ।

सम्बन्धित समाचारहरू

काठमाडौंमा आजदेखि रात्रिकालीन बससेवा

काठमाडौंमा आजदेखि रात्रिकालीन बससेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन...

दुई सयबढी पर्यटक सवारी चालकलाई तालिम

दुई सयबढी पर्यटक सवारी चालकलाई तालिम

काठमाडौँ – पछिल्लो समय नेपालमा पर्यटकहरू आउने संख्या बढ्दै गएपछि पर्यटक...

दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा

दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा

विश्वकर्मा पूजाको शुभ अवसरमा, दिगोले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...