दशैका लागि साझा यातायातको काठमाडौँ– नारायणगढ बस सेवा शुभारम्भ, भाडा ३०० रुपैयाँ मात्र
काठमाडौँ – नेपालीहरूको महान् चाड दशैँ नजिकिँदै गर्दा यात्रुहरूको...
काठमाडौँ - पछिल्लो समय नेपालमा पर्यटकहरू आउने संख्या बढ्दै गएपछि पर्यटक सवारीका चालक तथा सहचालकको लागि तीन दिवसीय क्षमता अभिवृद्धि प्रशिक्षण काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटीभिए) सँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
तालिममा २५० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको तालिममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित यातायात सुरक्षा, जोखिम, ट्राफिक ज्ञान, पर्यटन व्यवहार लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
पर्यटनमा यातायात क्षेत्र पर्यटकसंग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएको, चालक तथा सहचालकको व्यवहार हेरेर पनि पर्यटकले देश प्रतिको दृष्टिकोण बनाउने हुनाले उनीहरुलाई प्रशिक्षित गर्न आवश्यक रहेको महशुस गरि यो कार्यक्रम आयोजना गरिएको र तालीम फलदायी भएको नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए ।
तीन दिनसम्म आयोजना गरिएको तालिममा हरेक दिन फरक फरक समूहलाई प्रशिक्षण दिइएको परियोजनाको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिए ।
यस्तै तालिमका सहभागी पर्यटक बसका चालक तथा सहचालकहरूले समेत तालीम व्यबहारिक भएको र यसले आफुहरुमा काम प्रतिको जिम्मेवारी बोध बढाएको बताए । उनीहरूले तालीमबाट आफुहरुमा पर्यटन, पर्यटक,पर्यटकीय गतिविधीका साथै ट्राफिक ज्ञान अभिवृद्दि भएको बताए ।
काठमाडौँ – नेपालीहरूको महान् चाड दशैँ नजिकिँदै गर्दा यात्रुहरूको...
काठमाडौँ -नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौं...
स्पार्क प्लग गाडीको इन्जिनको महत्त्वपूर्ण भाग हो, जसले इन्धन र हावाको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...