शुरु भयो ट्रान्स हिमालय एड्भेन्चर, मुस्ताङका लागि प्रस्थान गरे बाइकर
काठमाडौं – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको टोली प्रस्थान...
अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालको आयोजनामा काठमाडौं-कालिन्चोक टीएसडी मोटरसाइकल -याली सम्पन्न भएको छ । टुर डे हिमालयको नाममा र ब्रान्डमा गरिएको सो -याली आउँदो वर्ष देखि अन्तर्राष्ट्रिय स्तरको नेपाली ब्रान्ड बनाउने उद्देश्य सहित आयोजना गरिएको बताइएको छ ।
सातटोबाटो स्थित अल्पाइन स्पोर्ट्स फेडरेसनको कार्यालयबाट शुरु भएको सो -यालीमा २१ वटा मोटरसाइकल, ४१ जना खेलाडी तथा ८ जना प्राविधिक गरी ४९ जनाकोे सहभागिता रहेको थियो । एक्सपल्स राइडर्स क्लवको व्यवस्थापनमा सम्पन्न -याली बनेपा–दोलालघाट–खाडीचौर–मुडे–चरिकोट हुँदै कालिन्चोकको कुरी बजारमा पुगेर समापन भएको थियो ।
समय, गती र दूरीको सिस्टमलाई संयोजन गरी व्यवस्थापन गरिएको उक्त -यालीलाई विगु गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले स्वागत गरेका थिए । नेपालको भूगोल र प्रकृति सुहाउँदो साहसिक खेल मार्फत दिगो पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित सो -यालीले दोलखालाई साहसिक खेलको गन्तव्य बनाउने विश्वास गर्न सकिने बताइएको छ ।
नेपाल अटोमोबाइल एसोसिएसनका अध्यक्ष दशरथ रिसालले जेठ १५ गते फ्ल्याग अफ गरी शुभारम्भ भएको सो -यालीले ट्रान्स हिमालयन क्षेत्रको खेलकुदमा महत्वपूर्ण योगदान पु-याउने बताइएको छ ।
यसैबिच विश्व सगरमाथा दिवसको सन्दर्भ पारेर अल्पाइन स्पोर्ट्स फेडरेसनको पाँचौं वार्षिक साधारणसभा हिमाली जिल्ला दोलखाको कालिन्चोक क्षेत्रमा सम्पन्न भएको छ । अल्पाइन, विन्टर, पर्वतीय, साहसिक तथा पर्यटकिय खेलकुद मार्फत दिगो पर्यटन प्रवर्धनमा प्रतिबद्ध महासंघले समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाईमा रहेको धार्मिक पर्यटकीय क्षेत्र कालिन्चोकको कुरी बजारमा यही जेठ १५ र १६ मा साधारणसभा सम्पन्न गरेको हो ।
सोही अवसरमा कालिन्चोक क्षेत्रमा हाई अल्टिच्युड टग अफ वार प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिता नेपालकै सबैभन्दा अग्लो स्थानमा आयोजना गरिएको हो । कोशी, बागमती, कर्णाली–सुदुरपश्चिम तथा दोलखा गरी ४ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा बागमती प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले पहिलो स्थान हासिल गरेको छ । यस अघि बागमतीले कर्णाली–सुदुरपश्चिमलाई २–१ ले हरायो भने कोशीले दोलखालाई २–० ले पराजित गर्न सफल भयो । प्रत्येक टोलीमा ८ जना मुख्य तथा २ जना वैकल्पिक गरी ४० खेलाडीको सहभागिता रहेको थियो ।
काठमाडौं – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको टोली प्रस्थान...
नेपाली मोटरस्पोर्ट इतिहासमा एक महत्वपूर्ण सफलता हासिल गर्दै बर्षा...
ध्रुव राठी एक लोकप्रिय युट्युबर हुन्। उनी आफ्नो भिडियोका कारण इन्टरनेटमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...