पर्फमेन्स ब्रान्ड ‘रेसर’ अन्तर्गत थप मोडल ल्याउने तयारीमा टाटा

टाटा मोटर्सले आफ्नो पर्फमेन्स ब्रान्ड रेसर अन्तर्गत थप नयाँ मोडल विकास गर्ने भएको छ । गत महिना लन्च भएको आफ्नो ठूलो ह्याचब्याकको स्पोर्टी संस्करण अल्ट्रोज रेसर जस्तै अन्य मोडल पनि पर्फमेन्स ब्रान्डमा आउने कम्पनीले जनाएको हो ।

कार निर्माताले अब रेसर ब्रान्डलाई थप मोडलमा समेत विस्तार गर्ने तयारी थालेको छ । हुन्डाईले आफ्नो एन–लाइन सब ब्रान्डजस्तै टाटाले पनि रेसर सब ब्रान्डमा आफ्नो लाइनअप विस्तार गर्न लागेको हो ।

टाटा मोटर्सका एमडी शैलेश चन्द्रका अनुसार माग भए रेसर परफर्मेन्स ब्रान्ड उच्च क्षमता भएका ईभीहरूमा पनि विस्तार हुन सक्छ । ‘हामी अल्ट्रोजको इलेक्ट्रिक संस्करणमा काम गरिरहेका छौं । त्यसैले यो अल्ट्रोज रेसरको ईभी भर्सन पनि हुन सक्छ,’ उनले भने ।अल्ट्रोज रेसरले बजारमा पाउने प्रतिक्रियाका आधारमा यसको थप विस्तारबारे निर्णय लिइने उनले बताए ।

आफ्नो प्रतिस्पर्धी ब्रान्ड हुन्डाइले जसरी आई २०, क्रेटा र भन्युलाई एन–लाइन भर्सनमा उतारेको छ, त्यसैगरी टाटाले पनि आफ्ना केही लोकप्रिय मोडललाई रेसर सब ब्रान्डमा ल्याउने तयारी थालेको अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अब मूल्य बढ्ने पालो टाटा टियागो ईभीको, दियो यस्तो संकेत

अब मूल्य बढ्ने पालो टाटा टियागो ईभीको, दियो यस्तो संकेत

काठमाडौं – नेपाली बजारमा टाटाका कार बिक्री–वितरण गरिरहेको सिप्रदी...

नेक्सन इभी म्याक्सको ‘वेटिङ पिरियड’ ४ महिना नाघ्यो, तत्काल नेपाल आउने संभावना कम

नेक्सन इभी म्याक्सको ‘वेटिङ पिरियड’ ४ महिना नाघ्यो, तत्काल नेपाल आउने संभावना कम

यसै महिनाको ११ तारिखमा लन्च गरिएको टाटा नेक्सन इभीको लङ रेन्ज भेरियन्ट...

२ लाख ५० हजारले महंगो भयो नेक्सन ईभी, यस्तो छ सवै भेरिएन्टको नयाँ मूल्य

२ लाख ५० हजारले महंगो भयो नेक्सन ईभी, यस्तो छ सवै भेरिएन्टको नयाँ मूल्य

आगामी आर्थिक वर्षको बजेटमा ५१ देखी १०० किलोवाट मोटर क्षमताका ईभीमा भन्सार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...