पर्फमेन्स ब्रान्ड ‘रेसर’ अन्तर्गत थप मोडल ल्याउने तयारीमा टाटा

टाटा मोटर्सले आफ्नो पर्फमेन्स ब्रान्ड रेसर अन्तर्गत थप नयाँ मोडल विकास गर्ने भएको छ । गत महिना लन्च भएको आफ्नो ठूलो ह्याचब्याकको स्पोर्टी संस्करण अल्ट्रोज रेसर जस्तै अन्य मोडल पनि पर्फमेन्स ब्रान्डमा आउने कम्पनीले जनाएको हो ।

कार निर्माताले अब रेसर ब्रान्डलाई थप मोडलमा समेत विस्तार गर्ने तयारी थालेको छ । हुन्डाईले आफ्नो एन–लाइन सब ब्रान्डजस्तै टाटाले पनि रेसर सब ब्रान्डमा आफ्नो लाइनअप विस्तार गर्न लागेको हो ।

टाटा मोटर्सका एमडी शैलेश चन्द्रका अनुसार माग भए रेसर परफर्मेन्स ब्रान्ड उच्च क्षमता भएका ईभीहरूमा पनि विस्तार हुन सक्छ । ‘हामी अल्ट्रोजको इलेक्ट्रिक संस्करणमा काम गरिरहेका छौं । त्यसैले यो अल्ट्रोज रेसरको ईभी भर्सन पनि हुन सक्छ,’ उनले भने ।अल्ट्रोज रेसरले बजारमा पाउने प्रतिक्रियाका आधारमा यसको थप विस्तारबारे निर्णय लिइने उनले बताए ।

आफ्नो प्रतिस्पर्धी ब्रान्ड हुन्डाइले जसरी आई २०, क्रेटा र भन्युलाई एन–लाइन भर्सनमा उतारेको छ, त्यसैगरी टाटाले पनि आफ्ना केही लोकप्रिय मोडललाई रेसर सब ब्रान्डमा ल्याउने तयारी थालेको अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

सुरक्षित यात्राको लागि टाटा कमर्सियल गाडीहरुको आजबाट होली सर्भिस क्याम्प

सुरक्षित यात्राको लागि टाटा कमर्सियल गाडीहरुको आजबाट होली सर्भिस क्याम्प

काठमाडौं – नेपालीहरुको महान पर्व होली नजिकिदै गर्दा यातायातका साधनहरुको...

टाटाको ईभी ट्याक्सी किन्न सिद्धार्थ बैंकले कर्जा दिने

टाटाको ईभी ट्याक्सी किन्न सिद्धार्थ बैंकले कर्जा दिने

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...