३७.८ प्रतिशत हिस्सासहित ब्याट्री उत्पादनमा सीएटीएलको अग्रता, यी हुन् टप १० उत्पादक

काठमाडौं– बिद्युतिय सवारीमा प्रयोग हुने ब्याट्री उत्पादनमा सीएटीएलले आफ्नो अग्रता कायमै राखेको छ । वर्ष २०२४ को जनवरीदेखी जुनसम्म उत्पादन भएको ब्याट्रीमा सीएटीएलले ३७.८ प्रतिशत बजार हिस्सासहित अग्र स्थान हासिल गरेको दक्षिण कोरियाको मार्केट रिसर्चर एसएनईले जनाएको छ ।

उक्त रिसर्च संस्थाका अनुसार सीएटीएललाई पछ्याउँदै बीवाईडीले १५.८ प्रतिशत हिस्सा ओगटेको छ । यी दुबै ब्राण्ड चीनका हुन् । यसैगरी कोरियन उत्पादक एलजी इनर्जी सोलुसनले १२.९ प्रतिशत हिस्सासहित तेस्रो स्थान ओगट्दा कोरियाकै अर्को उत्पादक एसके अन चौथो स्थानमा रहेको छ । एसके अनको हिस्सा ४.८ प्रतिशत छ ।

पाँचौ स्थानमा चीनकै सीएएलवी रहँदा छैठौ स्थानमा कोरियन उत्पादक सामसुङले आफ्नो स्थान सुरक्षित गरेको छ । यी कम्पनीको बजार हिस्सा क्रमशः ४.६ ४.५ प्रतिशत छ । सातौ स्थानमा भने जापानको पानासोनिक कम्पनी रहेको छ । पानासोनिकले ४.४ प्रतिशत हिस्सा ओगट्छ ।

आँठौ, नवौ र दशौ स्थानमा चीनका तीन कम्पनी गोसन, एभ इनर्जी र सनवोडा छन् । यी कम्पनीको बजार हिस्सा क्रमशः २.५, २.१ र २ प्रतिशत छ । बाँकी ८.७ प्रतिशत हिस्सा भने अन्य ब्राण्डले लिएका छन् ।

सम्बन्धित समाचारहरू

सीएटीएलसंग मिलेर टोयाटाले इन्डोनेसियामा ब्याट्री उत्पादन गर्ने

सीएटीएलसंग मिलेर टोयाटाले इन्डोनेसियामा ब्याट्री उत्पादन गर्ने

टोयोटाले इन्डोनेसियामा ब्याट्री उत्पादन गर्न चीनको ब्याट्री जायन्ट...

अध्ययन : ईभी ब्याट्रीको आयु २० वर्षसम्म, ब्याट्री फेल हुने सम्भावना ०.५ प्रतिशत मात्रै

अध्ययन : ईभी ब्याट्रीको आयु २० वर्षसम्म, ब्याट्री फेल हुने सम्भावना ०.५ प्रतिशत मात्रै

ईभीमा प्रयोग हुने ब्याट्रीको आयु र क्षयिकरणका बारे धेरै छलफल र अनुमान...

टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न, लन्च गरियो होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री

टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न, लन्च गरियो होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री

काठमाडौं – टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...