यी हुन् मलेसियामा बिक्री हुने टप ५ कार ब्रान्ड : यस्तो छ नेपालसँगको व्यापारिक साइनो

हामी नेपाल र भारत तथा चीनको कार बजारको वारेमा धेरै चर्चा गर्छौ । नेपालको नजिक जोडिएकाले चीन र भारतको चर्चा हुनु स्वाभाविकै हो । अझै भारतसँग खुला सीमाना भएको र धेरै व्यापार हुने भएकाले भारतीय कार बजारको बढी चर्चा हुनु पनि स्वाभाविक हो ।

त्यसो भए मलेसियाको कार बजार कस्तो होला ? नेपाल भित्रिने मलेसियन ब्रान्डका कारको बजार मलेसियामा कस्तो होला ? कौतुहलता हुनु स्वभाविक हो ।

हालै मलेसियाको माइकार सर्चले सन् २०२३ मा भएको बिक्रीका आधारमा मलेसियाका टप ५ कार ब्रान्ड सार्वजनिक गरेको छ । यस अनुसार मलेसियामा सबैभन्दा धेरै बिक्री हुने कार ब्रान्ड पेरोडुवा हो । पेरोडुवाले यो वर्ष २ लाख ४ हजार २२९ कार बिक्री गरेको छ । इनोभेसन र बजेट फ्रेन्डलीनेसका लागि परिचित पेरोडुवाले मलेसियन ग्राहकको मन जितेको छ । कुनै समय यो ब्रान्ड नेपालमा पनि उपलब्ध थियो । अहिले पनि पेरोडुवा भिभा, माइभी आदि कार नेपाली सडकमा पनि कतै गुडेका देखिन्छन् । तर अहिले भने यो नेपाली बजारमा उपलब्ध छैन ।

दोस्रो नम्बरमा प्रोटोन रहेको छ । प्रोटोनले २०२३ मा १ लाख २ हजार ८ सय कार बिक्री गरेको छ । नेसनल प्राइड र टेक्नोलोजिकल एड्भान्समेन्टका लागि प्रोटोन परिचित छ । नेपाली बजारमा समेत प्रोटोन ब्रान्ड उपलब्ध छ । जगदम्बा मोटर्सले यो गाडी बिक्री–वितरण गरिरहेको छ ।

टोयोटा मलेसियन कार बजारमा तेस्रो नम्बरमा रहेको छ । टोयोटाले गत वर्ष ८३ हजार ८६ कार बिक्री गरेको छ । ड्युरेबल र फ्युल इफिसियन्ट गाडी खोज्ने मलेसियन ग्राहकको रोजाइमा टोयोटा पर्छ ।

स्टाइल र इफिसियन्सी चाहने ग्राहकको मन जितेर होन्डा चौथो नम्बरमा रहेको छ भने रोबस्ट एसयूभी र स्लिक सेडान रोज्नेका लागि मित्सुबिसी रोजाइ बनी पाँचौ नम्बरमा रहेको छ । यी दुई ब्रान्डले सन् २०२३ मा क्रमशः ४९ हजार ५२८ र १४ हजार ९७० कार बिक्री गरे ।

प्रस्तुत तथ्यांकका आधारमा मलेसियन ग्राहकहरु फरक फरक प्रकृतिका छन् भन्ने प्रमाणित हुन्छ । मलेसियन अटोमोटिभ उद्योग डाइनामिक नेचरको छ र यहाँ प्रतिस्पर्धा पनि छ । प्रत्येक ब्रान्डको अलग्गै बजार छ र उनीहरुका उत्पादनको प्रकृति पनि फरक छ ।

नेपाली बजारमा मलेसियन ब्रान्डले खासै राम्रो प्रगति गर्न सकेको पाइदैन । लामो समय सम्म नेमलिंक इन्टरनेसनलले बिक्री गरिरहेको पेरोडुवा ब्रान्ड हराए पनि पछिल्लो समयमा प्रोटोन ब्रान्ड भने उपलब्ध छ । प्रोटोनले पनि अपेक्षित सफलता हासिल गरेको पाइदैन ।

मलेसियामा प्रचलित अन्य अन्तर्राष्ट्रिय ब्रान्ड टोयोटा, होन्डा, मित्सुविसी आदि भने नेपाली बजारमा समेत उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

यामाहा, टीभीएस र होन्डाका बीएस६ मोटरसाइकल स्कुटर, यस्तो छ बीएस४ र बीएस६ मूल्य अन्तर

यामाहा, टीभीएस र होन्डाका बीएस६ मोटरसाइकल स्कुटर, यस्तो छ बीएस४ र बीएस६ मूल्य अन्तर

भारतमा डेढ बर्षअघि नै बीएस६ मापदण्डलाई अनिवार्य गरिएपनि नेपालमा भने बीएस४...

हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न होन्डाले ल्याउदै नयाँ एसयूभी

हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न होन्डाले ल्याउदै नयाँ एसयूभी

होन्डाले फेस्टिभ सिजनमा नयाँ मिड साइज एसयूभी लन्च गर्नेछ । यसलाई नयाँ...

नयाँ अमेज पुरानोको तुलनामा २ लाख भन्दा बढीले महंगो, यस्तो छ सबै भेरियन्टको मूल्य

नयाँ अमेज पुरानोको तुलनामा २ लाख भन्दा बढीले महंगो, यस्तो छ सबै भेरियन्टको मूल्य

नेपाली बजारमा केही दिनअघिमात्र सार्बजनिक गरिएको होन्डाको नयाँ अमेज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...