नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक
क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट...
नेपाली बजारमा बजाजको पल्सर मोटरसाइकल निकै नै रुचाइएको मोटरसाइकलमा पर्छ । पल्सरका पनि धेरै मोडल नेपाली बजारमा उपलब्ध छन् । सेगमेन्ट अनुसार यो मोटरसाइकल १२५ देखि २२० सीसी सम्म क्षमतामा उपलब्ध छन् । धेरै रुचाइएको मोडलमा पल्सर पर्छ । त्यसैगरी अन्य केही मोडल पनि नेपाली बजारमा उपलब्ध छन् ।
बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार नेपाली ग्राहकको छनोटमा परेका ५ मोटरसाइकल यी हुन् :
बजाज पल्सर १५०
नोभिस अर्थात प्रारम्भिक अवस्थाका बाइकरहरुका लागि पल्सर १५० निकै नै लोकप्रिय छ । पर्फेक्ट ब्लेन्ड अफ स्टाइल, पर्फमेन्स र एक्जस्ट टोन भएको पल्सर १५० टीडी अर्थात ट्विन डिस्क पछिल्लो मोडलको पल्सर १५० हो । यसमा भएको १४९.५ सीसी एयर–कुल्ड इन्जिनले १३.४ एनएम पावर र १४ पीएसको टर्क जेनेरेट गर्छ । ५–स्पिड गियरबक्स भएको यो मोटरसाइकलले ६५ किलोमिटरको माइलेज दिने कम्पनीको भनाइ छ । यो मोटरसाइकलमा डीटीएसआई इन्जिन, एनालग–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्पोर्टी स्टाइल र ब्युटीफुल टेललाइट लगायतका विभिन्न विशेषता छन् । नेपाली बजारमा पल्सर १५० टीडीको मूल्य २ लाख ९० हजार ९ सय रुपैयाँ छ ।
पल्सर २०० एनएस
पल्सर २०० एनएस २०० सीसी सेगमेन्टमा सबैभन्दा लोकप्रिय नेकेड स्पोर्ट्स बाइक भएको बजाजको दावी छ । पर्फमेन्स, पावर र स्पिड सबैमा अलराउन्डर मानिएको यो मोटरसाइकल विशेषतः युवा राइडरमाझ लोकप्रिय छ । यो विभिन्न तीन मोडल पल्सर एनएस २०० नन एबीएस, एबीएस र एबीएस एफआईमा उपलब्ध छ । यी मोटरसाइकलको मूल्य क्रमशः ३ लाख २९ हजार ९ सय, ३ लाख ६७ हजार ९ सय र ३ लाख ९३ हजार ९ सय रुपैयाँ छ ।
१९९.६ सीसी लिक्विड–कुल्ड इन्जिनयुक्त यो मोटरसाइकले २३.५ पीएस पावर र १८.३ एनएम टर्क जेनेरेट गर्छ । ६–स्पिड ट्रान्समिसनयुक्त यो मोटरसाइकलले ३६ किलोमिटरको माइलेज दिने कम्पनीको भनाइ छ । स्पोर्टी लुकको यो मोटरसाइकलमा एनालग–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्पोर्टी लुक, न्यु टेक्स्चर्ड स्प्लिट सिट, ब्युटिफुल टेललाइट र ट्रिपल–स्पार्क डीटीएसआई इन्जिन आदि फिचर उपलब्ध छन् ।
बजाज पल्सर २२०एफ
२२० सीसी इन्जिनयुक्त यो मोटरसाइकलले २०.९३ पीएस पावर र १८.५५ एनएम टर्क जेनेरेट गर्छ । ५–स्पिड ट्रान्समिसनयुक्त यो मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिने बताइएको छ । एबीएस सहितको यो मोटरसाइकलमा डाइनामिक डिजाइन, न्यु टेक्स्चर्ड स्प्लिट सिट, आकर्षक टेललाइट, हाफ–फेयर्ड डिजाइन र डीटीएसआई इन्जिन लगायतका विभिन्न फिचर उपलब्ध छन् । बजाज पल्सर २२०एफ एबीएसको मूल्य ३ लाख ६१ हजार ९ सय रुपैयाँ छ ।
बजाज डोमिनार २५०
विशेष गरी लामो दूरीमा यात्रा गर्ने अर्थात लङ डिस्टेन्स टुररहरुलाई लक्ष्यित गरी डोमिनार २५० को विकास गरिएको हो । यो मोटरसाइकलमा २४८.७७ सीसीको फोर स्ट्रोक डीओएचसी इन्जिन जडान गरिएको छ, जुन फोर भल्व र एफआई सिस्टम सहितको छ । यसमा १३ लिटरको इन्धन ट्यांकी छ । टप स्पिड १३५ किलोमिटर प्रतिघण्टा भएको डोमिनार २५० ले १०.५ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको स्पिड लिन सक्ने बताइएको छ ।
यो मोटरसाइकलमा भएको इन्जिनले २७ पीएस पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य ५ लाख १८ हजार ९ सय रुपैयाँ छ ।
बजाज पल्सर १२५
बजार पल्सर १२५ नियोनमा १२४.४ सीसीको एयर–कुल्ड सिंगल सिलिन्डर डीटीएस–आई इन्जिन छ, जसले १२ पीएस पावर र ११ एनएम टर्क जेनेरेट गर्छ । १२५ सीसी भए पनि यसमा भएको ५–स्पिड गियरबक्सका कारण यो युनिक मानिन्छ । यसको च्यासिस, सस्पेन्सन र टायर सबै पल्सर १५० जस्तै छन् । त्यसैगरी यसमा १५ लिटरको ठूलो इन्धन ट्यांकी छ भने प्रतिलिटर माइलेज ६२ किलोमिटर दिन्छ । थोरै पावर भए पनि यसले १५० सीसीकै जस्तो अनुभव दिने कम्पनीको भनाइ छ । यसको मूल्य २ लाख ४४ हजार ९ सय रुपैयाँ छ ।
क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट...
बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल डोमिनार २५० को २०२५ संस्करण चाँडै लन्च...
बजाजले सामाजिक सञ्जालमा आफ्नो आगामी बाइक पल्सर एन१५० र एन१६० को टिजर शेयर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...