सवैभन्दा वढी रेन्ज दिने १० इलेक्ट्रिक कार(रेन्ज र अन्तर्राष्ट्रिय बजारको मूल्य सहित)

विश्व अटो बजारमा अहिले इभी सर्बाधीक लोकप्रिय वनिरहेको छ । कम्वस्चन इन्जिनयुक्त सवारी साधनले कायम गरेको निकै लामो विरासतलाई धरापमा पर्ने गरी अघि वढिरहेको इभीमा हरेक दिनजसो केही न केही नयाँ खोज एवं आविस्कार भइरहेको छ । इभीको बढ्दो बजार र भविष्य देखेर कैयन स्टार्टअप कम्पनीले यो नयाँ प्रविधीमा ठूलो लगानी समेत गरिरहेका छन् ।

परम्परागत कम्वस्चन इन्जिनयुक्त सवारीसाधनको तुलनमा निकै आधुनिक र फिचर लोडेड विशेषता रहने कारण पनि इभीमा अटो पारखीको आशक्ती वढ्दै गएको हो । त्यसमाथी रेन्ज वढी दिने र संचालन खर्च समेत कम पर्ने भएपछि अहिले विश्व बजारमै इभी ग्राहकको पहिलो रोजाई वनिरहेको छ । इभीलाई किफायती वनाउँदै कसरी आम नागरीकको पहुँचसम्म पुर्याउन सकिन्छ भनेर अहिले विभिन्न कम्पनीहरुले अनुसन्धान समेत गरिरहेका छन् । यस्तो अनुसन्धान व्याट्रीमा सवैभन्दा वढी केन्द्रित वनेको देखिन्छ ।

ईभीमा जडित व्याट्रीले इन्धनको काम गर्ने हुँदा उत्पादक कम्पनीले रेन्ज वढी दिने नयाँ प्रबिधीको खोजी गरिरहेका छन् । विश्व बजारमा अहिले सिंगल चार्जमा ८ सय किलोमिटर माथी रेन्ज दिने यस्ता कार उपलब्ध भैसकेका छन् ।

सवैभन्दा वढी रेन्ज दिने इलेक्ट्रिक कारको अग्रस्थानमा अमेरीकन इभी निर्माता लुसीडको एयर ग्रान्ड टुरिङ सेडान रहेको छ । सो इलेक्ट्रिक कारलाई एकपटक फुल चार्ज गरेपछि ५१६ माइल अर्थात ८२५ किलोमीटरसम्मको यात्रा तय गर्न सकिने दावी गरिएको छ । यसको सुरुवाती मूल्य १ लाख ३९ हजार ६५० डलर कायम गरिएको छ ।

सिंगल चार्जमा ४०५ माइल यात्रा गर्न सकिने दावी गरिएको टेस्ला मोडल एस सो सूचीको दोस्रो स्थानमा रहेको छ । टेस्लाले सो कारको सुरुवाती मूल्य ९१ हजार ६३० डलर निर्धारण गरेको छ । यसैगरी तेस्रो स्थानमा ३६१ माइल रेन्ज सहित हुन्डाई आयोनिक ६ पर्न सफल भएको छ । आयोनिक६ लाई हुन्डाईले ४६ हजार ६१५ डलरमा बिक्री गर्दै आएको छ ।

सवैभन्दा बढी रेन्ज दिने १० इलेक्ट्रिक कारको सूचीमा ३५८ माइल रेन्ज सहित टेस्ला मोडल एस परेको छ । यो कारको मूल्य ४४ हजार ६३० डलर पर्छ । ३५० माइल रेन्ज सहित सो सूचीको पाँचौ स्थानमा मर्सिडीज इक्यूएस सेडान रहेको छ । सो कारको मूल्य १ लाख ५ हजार ५५० डलर पर्छ ।

सिंगल चार्जमा ३४८ माइल रेन्ज सहित टेस्लाकै अर्को कार मोडल एक्स सो सूचीको छैठौं स्थानमा रहेको छ । टेस्लाले सो कारको मूल्य १ लाख १ हजार ६३० डलर निर्धारण गरेको छ । सातौ स्थानमा रहन सफल टेस्ला मोडल वाईले सिंगल चार्जमा ३३० माइले रेन्ज दिने दावी छ । सो कारको मूल्य ५६ हजार ६३० डलर पर्छ ।

आठौं स्थानमा रहेको हम्मर इभी पीकअपले सिंगल चार्जमा ३२९ माइल रेन्ज दिने दावी गरिएको छ । हम्मरले सो इभीलाई १ लाख १० हजार २९५ डलरमा बिक्री गर्दै आएको छ । साथै नवौ स्थानमा रिभियन आर१टी र दशौं स्थानमा वीएमडव्लू आईएक्स रहेका छन् । यी कारले क्रमश ३२८ र ३२४ माइल रेन्ज दिने दावी गरिएको छ । यी कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा ७४ हजार ८०० र ८५ हजार डलर पर्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा सुरु

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा सुरु

अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ...

युरोपमा सस्तो ईभीको दौड तीव्र, चिनियाँ ब्रान्डको दबाबमा ठूला अटो निर्माता सक्रिय

युरोपमा सस्तो ईभीको दौड तीव्र, चिनियाँ ब्रान्डको दबाबमा ठूला अटो निर्माता सक्रिय

युरोपेली बजारमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूको प्रभाव...

टाटा नेक्सन ईभी अझै अपडेट भएर आउँदै, थप फिचरका साथ बढी रेन्ज दिने

टाटा नेक्सन ईभी अझै अपडेट भएर आउँदै, थप फिचरका साथ बढी रेन्ज दिने

भारतीय कार निर्माता कम्पनी टाटा मोटर्सले लोकप्रिय इलेक्ट्रिक कार नेक्सन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...