रिब्रान्डिङसहित पुनः सञ्चालनमा आयो नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल

नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल रिब्रान्डिङसहित पुनः सञ्चालनमा आएको छ । ज्याप सर्भिसेस प्रालिले बुधबारदेखि टुटललाई रिब्रान्डिङसहित सञ्चालनमा ल्याएको छ । यस अवसरमा कम्पनीले पहिलो ८८ वटा राइडमा ८८ प्रतिशत छुट दिने जनाएको छ ।

केही समय पहिले बन्द भएको टुटल फेरि नयाँ व्यवस्थापले सञ्चालनमा ल्याएसँगै वेबसाइट पनि नयाँ बनाएको छ भने सामाजिक सञ्जालका पेज पनि नयाँ बनाएको छ । यस बाहेक कम्पनीले लोगोमा समेत केही परिवर्तन गरेको छ ।

टुटलबाट बाइक र ट्याक्सीको राइड लिन सकिने छ । सुरूवातको १ महिना बाइक राइडरबाट १५ प्रतिशत र क्याब राइडरबाट १२ प्रतिशत कमिसन लिने योजना कम्पनीको छ । 

त्यसपछि भने बाइक राइडरबाट २० प्रतिशत र क्याब राइडरबाट १५ प्रतिशत कमिसन लिइने छ । टुटलको सेवा लिन पुरानो टुटल एपलाई अपडेट गर्नुपर्ने हुन्छ । टुटल एप गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध रहेको छ ।  

सम्बन्धित समाचारहरू

महिन्द्रा एक्सयूभी ४०० को डेलिभरी शुरु, कहिले आउला नेपाल

महिन्द्रा एक्सयूभी ४०० को डेलिभरी शुरु, कहिले आउला नेपाल

भारतमा महिन्द्राको पहिलो स्पोर्ट्स युटिलिटी भेइकल ‘एक्सयूभी ४००’ को...

यात्री पी–१ सोल्ड आउट हुने चरणमा, अर्डरका लागि आग्रह

यात्री पी–१ सोल्ड आउट हुने चरणमा, अर्डरका लागि आग्रह

काठमाडौं – नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ को स्टक सकिन...

चितवन महोत्सबमा स्काइवेलको १ करोडको गाडी डेलिभरी

चितवन महोत्सबमा स्काइवेलको १ करोडको गाडी डेलिभरी

चितवन महोत्सवमा स्टल राखिएको स्काइवेलको स्टलमार्फत नेपालमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...