संगीतप्रेमीका लागि उत्कृष्ट कार: दमदार अडियो सिस्टमले ड्राइभिङ अनुभवलाई बनाउँछ अझ रोचक
आजको समयमै ड्राइभिङ केवल यात्राको माध्यम मात्र नभई एक अनुभवको रूपमा विकास...
बस वा लामो दुरीमा चल्ने विभिन्न सवारी साधन चलाउँदा निकै नै होसियारीका साथ चलाउनु र विभिन्न पक्षहरुका वारेमा ध्यान दिनु आवश्यक हुन्छ । चाडपर्वको समयमा अझ धेरै यात्रुहरु हुने भएकाले धेरै यात्रुको सुरक्षा जिम्मेवारी पनि चालकमै हुन्छ ।
बस चलाउँदा आफू र साथमा रहेका अन्य यात्रुको जिम्मेवारी चालकको काँधमा हुने गर्छ । यो अत्यन्त जिम्मेवारीपूर्ण काम हो । सानोभन्दा सानो गल्तीले ठूलै दुर्घटना निम्त्याउन सक्छ । बस वा अन्य सवारी साधन चलाउँदा अपनाउनुपर्ने केही सावधानीका उपाय तल प्रस्तुत गरिएको छ :
निद्रा नपुगेको अवस्थामा गाडी नचलाउनुहोस्
पर्याप्त निद्राको अभावमा मानिसले थकानको अनुभव गर्छ । त्यस्तो अवस्थामा चालकले लिनुपर्ने पूर्ण सावधानी र चनाखोपनमा समेत ह्रास आउने हुन्छ । अझ लामो रुटका चालकले हरेक क्षण चनाखो हुनुपर्ने हुन्छ । निर्णय गर्दा सानो भूलले पनि ठूलो क्षति हुन सक्छ । स्फूर्तिलो अवस्थामा समेत गाह्रो मानिने यस्तो यात्रामा अझ निद्रा पूरा नभए जोखिम अत्यन्त बढी हुन्छ । तसर्थ, हरेक जिम्मेवार चालकले थकान भएको वा निद्रा नपुगेकोे अवस्थामा गाडी चलाउनुहुँदैन ।
कसैले गैरजिम्मेवारीपूर्ण तरीकाले चलाएको पाइएमा रिपोर्ट गर्नुहोस्
ट्राफिक नियमको उल्लङ्घन गर्ने र गैरजिम्मेवारीपूर्ण तरीकाले सवारी चलाउने चालकबारे उजुरी दिनु अन्य चालक तथा नागरिकको कर्तव्य हो । त्यस्तो चालकका कारण गाडीमा रहेका यात्रु, पैदल यात्रु तथा अन्य चालकका लागि समेत खतरा रहन्छ । त्यसैले कसैेले यसरी गैरजिम्मेवारीपूर्ण तरिकाले बस चलाएको पाइएमा ट्राफिक प्रहरीमा खबर गर्नुहोस् ।
अन्य सवारीसँग दूरी कायम राख्नुहोस्
दुई गाडीबीचको दूरी पर्याप्त हुनु आवश्यक छ । यसले आफ्नो अगाडिको गाडीले अचानक ब्रेक लगाएमा वा आफूलाई स्थान चाहिएमा पर्याप्त सुरक्षित स्थान बनाउन मद्दत पुग्छ । यसो गर्दा ठोक्किएर हुने दुर्घटनाबाट जोगिन सकिन्छ । पानी परेको वा वर्षाको मौसममा यो नियम अपनाउन अझ आवश्यक हुन्छ ।
ऐनाको प्रयोग गर्नुहोस्
गाडी चलाउनुपूर्व आफ्नो गाडीको ऐना ठीक अवस्थामा रहेकोमा निश्चिन्त हुनु आवश्यक छ । गाडी वरिपरि तथा पछाडिको दृश्य स्पष्ट देखिने गरी ऐना मिलाउनुपर्छ ।
लेन परिवर्तन गर्दा हतार नगर्नुहोस्
हरेकपटक लेन परिवर्तन गर्दा तपाई सम्भावित दुर्घटनासँग खेल्नु भएको हुन सक्छ । सिग्नल दिएलगत्तै लेन परिवर्तन गरिहाल्नु मूर्खता हो । मोड छुटिहालेमा अर्को मोडसम्म पुगेर मात्र मोड्न आवश्यक संयमता अपनाउनुहोस् । आफूले मोड्नुपूर्व अन्य चालकलाई त्यसको सङ्केत दिनुहोस् ।
सवारी ‘ब्याक’ गर्दा सावधान हुनुहोस्
गाडी ब्याक गर्दा सहचालक वा सहयोगी नदेखिएमा ब्याक नगर्नु राम्रो हुन्छ । सहचालकले दिएको सङ्केत राम्ररी बुझेपछि मात्र ब्याक गर्ने बानी बसाल्नुपर्छ ।
टायरवरपर तरल पदार्थ चुहिएमा गाडी नचलाउनुहोस्
टायर वरपर तरल पदार्थ चुहिएमा ब्रेक क्यापिलरी बिग्रिएको सङ्केत हुन सक्छ । यो बिग्रिएमा ब्रेक लगाउने क्षमतामा ह्रास आउने हुँदा दुर्घटनाको जोखिम रहन्छ ।
बालबालिकाहरू चढेको गाडी चलाउदा चनाखो हुनुहोस्
बालबालिकाहरू स्वभावैले चकचके हुने गर्छन् । त्यसैले, साना बालबालिकाले यात्रा गर्ने गाडीहरू जस्तै, स्कूल बस चलाउँदा अतिरिक्त सावधानी अपनाउनु आवश्यक छ । गाडीको झ्याल सकेसम्म बन्द राख्नु उपयुक्त हुन्छ । बालबालिकाहरूले नजानेर झ्यालबाट टाउको निकाल्न सक्छन् । यसो गर्दा दुर्घटना हुने सम्भावना बढ्छ । त्यसैले, तिनलाई यसो गर्नुबाट रोक्नुपर्छ ।
यात्रु झर्नेबित्तिकै गाडीको गति नबढाउनुहोस्
यात्रुले गाडीमा आफ्ना सामान भुलेका हुन सक्छन् । तिनलाई लिन, ओर्लेका यात्रु पुनः गाडीमा प्रवेश गर्ने सम्भावना रहन्छ । त्यसैले, यात्रु ओर्लिनेबित्तिकै गाडीलाई गति दिनु राम्रो होइन । यसो गर्दा दुर्घटनाको सम्भावना रहन्छ ।
आफ्नो रिस यात्रुमाथि नपोख्नुहोस्
आफ्नो व्यक्तिगत रिस वा समस्याका कारण गाडी उच्च गतिमा हाँक्ने चालकहरू पनि प्रशस्त छन् । यसका कारण चालकका साथै अन्य यात्रु दुर्घटनाको सिकार हुन सक्छन् । तसर्थ, यस्तो अवस्था रहँदा सकेसम्म गाडी नचलाउनु राम्रो हुन्छ । आफ्नो व्यक्तिगत समस्या र व्यावसायिक जीवनको मेल कहिल्यै गराउनुहुँदैन ।
आफ्नो सीटमा अतिरिक्त यात्रु नराख्नुहोस्
चालकको ध्यान गाडी र सडकमा केन्द्रित हुनु आवश्यक छ । चालकसँग गफ गर्दा वा सँगै यात्रा गर्दा तिनको ध्यान अन्यत्र मोडिन सक्छ । चालकको सिट नजिक यात्रु राख्नुहुँदैन । यात्रुले पनि सकेसम्म आफ्ना लागि निर्धारित सिट मात्र प्रयोग गर्नु आवश्यक छ ।
हुन्न भन्ने बानी बसाल्नुहोस्
वनभोज वा अन्य किसिमका यात्रामा सामान बोक्न गाह्रोका कारण यात्रुले अतिरिक्त दूरी पार गर्न आग्रह गर्न सक्छन् । कठिन बाटो वा आफूले चलाउन नजानेको र जान नसकिने बाटोमा नाई वा हुन्न भन्न डराउनुहुन्न । यसो गरी तपाईं यात्रु तथा आफ्नो सवारीलाई दुर्घटना हुनबाट जोगाउन सक्नुहुन्छ ।
आजको समयमै ड्राइभिङ केवल यात्राको माध्यम मात्र नभई एक अनुभवको रूपमा विकास...
लगभग मनसुन सुरु भैसकेको छ र गर्मीयाम सकिन लागेको छ । मनसुनमा यात्रा गर्दा...
सवारी साधनमा ३६० डिग्री क्यामेरा फिचर हुनु सामान्य भइसकेको छ । केही...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...