जाडो मौसममा इलेक्ट्रिक सवारीको रेन्ज बढाउन अपनाउनुस् यी उपाय

पहिले इलेक्ट्रिक सवारीसाधनमा लिड एसिड ब्याट्रीको प्रयोग गरिन्थ्यो, तर अहिले लिथियम आयोन ब्याट्री प्रयोग हुन थालेको छ । यद्यपि यसमा लाग्ने लागत र रेन्जका कारण केही अवरोध भने यथावत नै छ ।

ब्याट्रीको कार्य क्षमता यसको तापक्रमबाट प्रभावित भएको हुन्छ । कम तापक्रमले ब्याट्रीको पावर कम गर्नुका साथै यसले ब्याट्रीको क्षमता पनि घटाउँछ । त्यसैले चिसो र हिउँ परेको अवस्थामा इलेक्ट्रिक सवारी साधनमा विशेष ध्यान दिनुपर्छ ।

जाडो मौसमले लिथियम प्लेटिङ ब्याट्रीलाई सबैभन्दा बढी क्षति पु¥याउँछ र फास्ट चार्जिङ गर्दा अझ गम्भीर हुनसक्छ । तसर्थ, बाहिरको तापक्रम शून्यभन्दा कम हुँदा इलेक्ट्रिक सवारीलाई फास्ट चार्ज गर्नु हुँदैन । यस्तो अवस्थामा लेवल १ चार्जिङको प्रयोग गरी रात भरी चार्जमा राख्नुपर्छ ।

चिसोमा इलेक्ट्रिक सवारीसाधन चार्ज गर्न धेरै समय लाग्छ । यो मौसममा ब्याट्री प्याकले पनि राम्ररी काम गर्दैन । त्यसैले यात्रा गर्नु अघि इलेक्ट्रिक सवारी साधनलाई पनि वार्म अप गर्नुपर्छ । यसले कारको माइलेज बढाउँछ ।

जाडो मौसममा ईभी तीव्र गतिमा ड्राइभ गर्दा ब्याट्री प्याक चाँडै सकिने हुनाले कार इको मोडमा बिस्तारै चलाउनु पर्छ । कारमा धेरै ड्राइभिङ मोड उपलब्ध हुन्छ तर इको मोडमा बिस्तारै कार चलाउँदा यसले माइलेजमा फरक पर्छ ।

तापक्रममा प्रत्येक दश डिग्री गिरावटमा टायरको चाप एक पाउण्ड प्रति वर्ग इन्च पीएसआई कम हुन्छ । जति चिसो बढ्छ त्यति नै टायरको पीएसआई कम हुने भएकाले समयमै टायरको मर्मतसम्भार गर्नुपर्छ । साथै कारको सम्पूर्ण भार टायरमा पर्ने हुनाले यसले ब्याट्रीको रेन्जमा पनि प्रभाव पारेको हुन्छ ।

सम्बन्धित समाचारहरू

१५० किलोमिटर रेन्ज दिने याडीयाको नयाँ स्कुटर आउँदै, मूल्य २ लाख ३० हजार

१५० किलोमिटर रेन्ज दिने याडीयाको नयाँ स्कुटर आउँदै, मूल्य २ लाख ३० हजार

काठमाडौं– याडीया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता...

नेपाली बजारमा आयो सबैभन्दा बढी रेन्ज ५२२ किमी दिने बीवाईडीको इलेक्ट्रिक कार

नेपाली बजारमा आयो सबैभन्दा बढी रेन्ज ५२२ किमी दिने बीवाईडीको इलेक्ट्रिक कार

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले सेकेन्ड...

नयाँ सेवा थपिदै नागरिक एपमा, बागमतीको सवारी कर एपबाटै तिर्न सकिने

नयाँ सेवा थपिदै नागरिक एपमा, बागमतीको सवारी कर एपबाटै तिर्न सकिने

काठमाडौं – नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...