१ हजार बढी हुन्डाई कोना नेपाली सडकमा, ४ वर्षको प्रयोगमा ९५ प्रतिशत बढी ब्याट्री हेल्थ
काठमाडौं– नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई...
पहिले इलेक्ट्रिक सवारीसाधनमा लिड एसिड ब्याट्रीको प्रयोग गरिन्थ्यो, तर अहिले लिथियम आयोन ब्याट्री प्रयोग हुन थालेको छ । यद्यपि यसमा लाग्ने लागत र रेन्जका कारण केही अवरोध भने यथावत नै छ ।
ब्याट्रीको कार्य क्षमता यसको तापक्रमबाट प्रभावित भएको हुन्छ । कम तापक्रमले ब्याट्रीको पावर कम गर्नुका साथै यसले ब्याट्रीको क्षमता पनि घटाउँछ । त्यसैले चिसो र हिउँ परेको अवस्थामा इलेक्ट्रिक सवारी साधनमा विशेष ध्यान दिनुपर्छ ।
जाडो मौसमले लिथियम प्लेटिङ ब्याट्रीलाई सबैभन्दा बढी क्षति पु¥याउँछ र फास्ट चार्जिङ गर्दा अझ गम्भीर हुनसक्छ । तसर्थ, बाहिरको तापक्रम शून्यभन्दा कम हुँदा इलेक्ट्रिक सवारीलाई फास्ट चार्ज गर्नु हुँदैन । यस्तो अवस्थामा लेवल १ चार्जिङको प्रयोग गरी रात भरी चार्जमा राख्नुपर्छ ।
चिसोमा इलेक्ट्रिक सवारीसाधन चार्ज गर्न धेरै समय लाग्छ । यो मौसममा ब्याट्री प्याकले पनि राम्ररी काम गर्दैन । त्यसैले यात्रा गर्नु अघि इलेक्ट्रिक सवारी साधनलाई पनि वार्म अप गर्नुपर्छ । यसले कारको माइलेज बढाउँछ ।
जाडो मौसममा ईभी तीव्र गतिमा ड्राइभ गर्दा ब्याट्री प्याक चाँडै सकिने हुनाले कार इको मोडमा बिस्तारै चलाउनु पर्छ । कारमा धेरै ड्राइभिङ मोड उपलब्ध हुन्छ तर इको मोडमा बिस्तारै कार चलाउँदा यसले माइलेजमा फरक पर्छ ।
तापक्रममा प्रत्येक दश डिग्री गिरावटमा टायरको चाप एक पाउण्ड प्रति वर्ग इन्च पीएसआई कम हुन्छ । जति चिसो बढ्छ त्यति नै टायरको पीएसआई कम हुने भएकाले समयमै टायरको मर्मतसम्भार गर्नुपर्छ । साथै कारको सम्पूर्ण भार टायरमा पर्ने हुनाले यसले ब्याट्रीको रेन्जमा पनि प्रभाव पारेको हुन्छ ।
काठमाडौं– नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई...
काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा अनलाइनबाटै बिलबुक नवीकरण गर्न...
होन्डाले चीनमा जारी संघाई अटो शोमा ३ वटा नयाँ इलेक्ट्रिक कार प्रदर्शनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...