म्यानुअल गियर भएको कार ड्राइभ गर्दा नगर्नुस् यस्ता गल्ती

अटोमेटिक कार अहिले लोकप्रिय भइसकेको छ । अटोमेटिक गियरका कारण बारम्बार म्यानुअल रूपमा गियर परिवर्तन गर्ने झन्झट समाप्त भएको छ । यद्यपि म्यानुअल गियरबक्स भएका कार अझै पनि बजारमा उपलब्ध छ ।

म्यानुअल गियरबक्स भएका कार चलाउँदा केही गल्तीले गियरबक्स र इन्जिन नराम्ररी बिग्रन सक्छ । त्यसैले यस्ता कार चलाउँदा केही कुरामा ध्यान दिनुपर्छ ।

हात आरामको लागि गियर लिभर प्रयोग गर्नु हुँदैन । गियर लिभरमा हात राख्दा सेलेक्टर फोर्क रोटेटिङ कलरको सम्पर्कमा आउन सक्छ र गियर सिफ्ट हुने जोखिम हुन्छ । यस कारणले गर्दा कार चलाउँदा सधै स्टेयरिङ ह्विलमा हात राख्नुपर्छ ।

म्यानुअल गियरबक्सको कार चलाउँदा आफ्नो खुट्टा क्लचमा राखेर वा आधा क्लच थिचेर चलाउनु हुँदैन । यसले कारको क्लच प्लेट चाँडै बिग्रन्छ । साथै यसो गर्नाले इन्धन खपत पनि बढ्छ । अचानक ब्रेक लगाउनु पर्दा ब्रेकको सट्टा क्लच थिच्न सकिन्छ, जसले दुर्घटना निम्त्याउन सक्छ ।

ट्राफिक सिग्नलमा कारको इन्जिन रोक्न चाहनुहुन्न भने कारलाई न्युट्रलमा राख्नु उत्तम विकल्प हो । रातो बत्तीमा इन्जिन अफ नगर्ने र कारलाई दोस्रो गियरमा राख्दा क्लच थिच्नु पर्ने अवस्था प्रायः देखिन्छ । यसो गर्नाले इन्जिन र गियरबक्समा मात्र क्षति पुग्दैन यसले इन्धन खपत पनि बढ्छ । त्यसैले सधैं सिग्नलमा इन्जिन रोक्नुपर्छ ।

कारको गति बढाउँदा गति अनुसार गियर राख्नुपर्छ । कम गियरमा बढी स्पिड राख्दा इन्जिनमा दबाब पर्छ र आवाज आउन थाल्छ । यसले इन्धन बढी खपत हुन्छ । इन्जिन छिट्टै बिग्रने सम्भावना पनि हुन्छ । कारको गियरहरू सधैं उचित इन्जिन आरपीएममा परिवर्तन गर्नुपर्छ ।

उकालोमा कार चलाउँदा क्लच थिच्ने बानी नराम्रो हो । यसो गर्दा कार गियरलेस हुन्छ । उकालोमा क्लच थिचेर राख्दा कार पछाडि फर्कन सक्छ । ओकालो चढ्दा कारलाई सधै गियरमा राख्नुपर्छ र गियर परिवर्तन गर्दा मात्र क्लच प्रयोग गर्नुपर्छ ।

सम्बन्धित समाचारहरू

अब एउटा कारबाट अर्को कार चार्ज गर्न सकिने : हुन्डाई, किया र फोर्डले विकास गरे प्रविधि

अब एउटा कारबाट अर्को कार चार्ज गर्न सकिने : हुन्डाई, किया र फोर्डले विकास गरे प्रविधि

इलेक्ट्रिक गाडीको ब्याट्री चार्ज बाटैमा सकियो भने पनि अब समाधान हुने भएको...

संसद सचिवालयमा बीवाईडीका इलेक्ट्रिक कार, चाइना एडले दियो सहयोग

संसद सचिवालयमा बीवाईडीका इलेक्ट्रिक कार, चाइना एडले दियो सहयोग

काठमाडौं – चाइना एडले संसद सचिवालयलाई बीवाईडीका विद्युतीय कार उपलब्ध...

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चिनियाँ अटो निर्माता चांगनले विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...