मेगा मोटर्सका तीन सोरुममा एक्सचेन्ज क्याम्प प्रारम्भ : गाडीमा ४ लाख सम्म नगद छुट
काठमाडौं – निसान र ड्याटसन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर...
काठमाडौं – नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले चेरी टिग्गाो ७ प्रो औपचारिक रुपमा लन्च गरेको छ । प्रो सिरिजको अति नै आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध छ ।
चेरी प्रो फेमिली सिरिजको नयाँ मोडल चेरी टिग्गो ७ प्रो उत्कृष्ट डिजाइन, समृद्ध प्राविधिक सक्षमता र सुरक्षित तथा आरामदायी ड्राइभिङ अनुभवका लागि परिचित छ ।
यसमा भएको इन्जिनले १४७ पीएस पावर र २१० एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन ९ स्पिड सीभीटी गियरबक्ससँग जोडिएको छ । यसले गर्दा सुस्त र तीव्र दुवै स्पिडमा लगातार रुपमा उच्च पावर प्रदान गर्छ । यसलाई म्यानुअल र अटोमेटिक दुवै रुपमा चलाउन सकिन्छ । त्यसैगरी यो इको र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।
यसमा पेप्स सिस्टम अर्थात प्यासिभ इन्ट्री प्यासिभ स्टप सिस्टम छ । गाडीलाई बाहिरबाटै रिमोटको सहयोगले नै स्टार्ट गर्न र भित्री भागमा एसी चलाएर केही समय राख्न सकिन्छ । एक छिन पछि मात्र आफू गाडी भित्र छिरेर आवश्यक कार्य गर्न सकिन्छ ।
यो गाडीको लम्बाई ४५०० एमएम, चौडाई १८४२ एमएम र उचाई १७४६ एमएम छ । यसमा ४७५ लिटरको बुट स्पेस छ भने सिट फोल्ड गरेर यसलाई १५ सय लिटर बनाउन सकिन्छ ।
गाडीको अघिल्लो भागमा म्याट्रिक्स डायमन्ड ग्रिल, डीआरएल, कर्नरिङ लाइट सहितको फगल्याम्प, रनिङ फ्लो वाटर स्टाइलको एलईडी लाइट, क्रिस्टल एलईडी प्लेट हेडलाइट, रेन सेन्सिङ वाइपर आदि छन् ।

यसको इन्टेरियर निकै नै आकर्षक छ । लेदर सिट सहितको ब्ल्याक–बेज थिममा आधारित क्याबिन छ । फ्रन्टमा सिक्स–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल ड्राइभिङ सिट छ भने प्यासेन्जर सिट चाहिं फोर–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल छ । यसमा थप फिचरको रुपमा प्यानोरामिक सनरुफ छ ।
यसमा ७ इन्च इन्स्ट्रयुमेन्ट क्लस्टर, १०.२५ इन्चको एचडी सेन्ट्रल कन्ट्रोल र एसी टचस्क्रिन सहितको ड्यासबोर्ड छ, जुन सबै इन्टरकनेक्टेड भएकाले प्रयोगकर्ताका लागि अझै इन्टेलिजेन्ट अनुभव गराउछ । यो गाडीमा ब्लुटुथ कनेक्टिभिटी, फिंगरटिपबाटै कन्ट्रोल गर्न सकिने क्रुज कन्ट्रोल र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल जस्ता विभिन्न अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् । यसमा फोर एड्जस्टमेन्ट सेटिङ गर्न सकिने मल्टी फङसन स्टेयरिङ ह्विल छ भने वायरलेस चाार्जर समेत उपलब्ध छ । यसमा भएको ३६० डिग्री क्यामेराको प्रयोग गरी गाडीको चारैतिरको अवस्था थाहा पाउन सकिन्छ भने ब्याकअप क्यामेराका कारण पार्किङ सहज हुन्छ ।
यसमा भ्यानिटी मिरर विथ इलुमिनेसन, ६ वटा स्पिकर छ, जुन चेरीले स्ट्यान्डर्ड रुपमा बनाएको छ । बाई जोन एसी छ, जुन ड्राइभर र प्यासेन्जरका लागि फरक तरिकाले प्रयोग गर्न सकिन्छ । कुलिङ बक्स रिमोटबाटै अन अफ गर्न पनि सकिन्छ ।
यसमा भ्वाइस कमान्डबाट विभिन्न निर्देशन दिएर आवश्यक कार्य गर्न सकिन्छ । अटो मिरर फोल्ड, अटो लक, एन९५ फिल्टर, ७ कलरको एम्बिएन्ट लाइटिङ आदि यसमा भएका थप फिचर हुन् ।

सुरक्षाको मामिलामा पनि यो गाडीमा कुनै सम्झौता गरिएको छैन । यसमा भएको ६ एयरब्याग, ईबीडी र बीए सहितको एबीएस, ईएसपी, टीसीएस, एचएसी, एचडीसी, स्पिड अलार्म, ब्लाइन्ड स्पट डिटेक्सन आदिले ड्राइभिङ अनुभवलाई अझै सुरक्षित बनाउछ ।
नेपाली बजारमा टिग्गो ७ प्रोको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । टिग्गो ७ प्रो ३ ड्युअल टोन र ७ मोनोटोन अप्सनमा उपलब्ध छ । ड्युअल टोनमा ब्ल्याक एन्ड रेड, ह्वाइट एन्ड ब्लु र ब्ल्याक एन्ड ह्वाइट अप्सन उपलब्ध छ भने मोनोटोनमा ब्लु, जेड ब्लु, ज्वेल रेड, सिल्भर, ग्रे, ब्ल्याक र ह्वाइट कलर अप्सन उपलब्ध छ ।
इन्ट्री लेवल भन्दा अलि माथिल्लो लेवलको गाडी चढ्न चाहने, तर माइलेज र सेफ्टी दुवै चाहने ग्राहकका लागि यो गाडी उपयुक्त हुने कम्पनीको भनाइ छ । भाइब्रेसन नहुने र उपयुक्त मूल्यमा धेरै फिचर भएको गाडी भएकाले धेरैका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ ।
हालैको बजेटले १५ सय सीसी भन्दा माथिका गाडीको मात्र कर वृद्धि गरेकाले पनि यसका लागि थप मूल्य तिर्नुपरेको छैन । ग्राहकका लागि यो पनि एउटा उपयुक्त अवसर भएको बताइएको छ ।
काठमाडौं – निसान र ड्याटसन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर...
सिट्रोनले जुलाईमा भारतीय बजारमा सी३ कम्प्याक्ट एसयूभी लन्च गर्ने तयारी...
कुनै समय नेपाली सडकमा सेडान कारको उपस्थिति निकै नै बाक्लो देखिन्थ्यो ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...