म्याक्सस गाडीका साथमा शोरुम समेत औपचारिक रुपमा सार्वजनिक

कठमाडौं – नेपालमा म्याक्सस मोटर्स गाडीहरुको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले गत आइतबार म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान लन्च भएको घोषणा गरेको छ । यी गाडीहरूको लन्च कार्यक्रमपछि सर्वाधिक प्रतीक्षित मूल्य सार्वजनिक र शोरूम उद्घाटन गरिएको छ ।

यी प्रिमियम गाडीहरूमा भेरिएबल जिओमेट्री टर्बोचार्जर प्रविधि सहितको ३६० एनएम र ३७५ एनएम पिक टर्क, अधिकतम पावर ११० किलोवाट र १२० किलोवाट क्षमता प्रदान गर्ने २.८ लिटर र २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ । यी गाडीहरूले अहिलेको ड्राइभिङ अनुभवका मागहरू पूरा गर्न सक्ने कम्पनीको भनाइ छ । म्याक्सस टी ६०, टी ७० र भी ८० को मूल्य नेपाली बजारमा क्रमशः ७७ लाख ९९ हजार, ६८ लाख ४९ हजार र ५० लाख ४९ हजार रूपैयाँ रहेको छ ।

म्याक्सस टी ६० र टी ७० पिकअप ट्रकहरूमा अटोमेटिक एसी, कीलेस इन्ट्री र स्टार्ट, पुस–स्टार्ट बटन, हाइट एडजस्टेबल स्टेयरिङ ह्विल, क्रुज कन्ट्रोल, रेन–सेन्सिङ वाइपर, ब्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता उत्कृष्ट फिचरहरू रहेका छन् । मिडसाइज पिकअपको रूपमा वर्गीकृत यी म्याक्सस पिकअप ट्रकहरू यस वर्गका गाडीमा सबैभन्दा लामो र चौडा गाडी हुन् ।

म्याक्सस टी ६० र टी ७० मा लकिङ डिफरेन्सियलहरू पनि छन् जसले यी गाडीहरूको अफरोड क्षमतालाई बलियो बनाउँछ । ३१५५ मिलिमिटर ह्वीलबेस र २१५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स भएको यो पिकअप नेपालको भौगोलिक क्षेत्रका लगि उपयुक्त देखिन्छ । सुरक्षाको हिसाबले टी ६० गाडी निकै सुरक्षित रहेको छ, यसले फाइभ स्टार एएनसीएपी रेटिङ पाएको छ ।

सो पिकअपमा चारवटा एयरब्याग, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी) सहितको एबीएस, ईएसपी, आइसोफिक्स चाइल्ड सिट टिथर्स, हिल स्टार्ट असिस्ट सिस्टम, ट्रयाक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक ब्रेक असिस्ट, रियर पार्किङ सेन्सर र रिभर्स क्यामेरा छन् ।

म्याक्सस भी ८० कार्गो भ्यान युरो ४ इमिसन स्ट्यान्डर्ड इको–डी २.५ लिटर टर्बो डिजेल कमन–रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ । बाशको इन्टरकुल्ड, इलेक्ट्रोनिक रूपमा रेगुलेट हुने इन्जिनले ३८०० आरपीएममा १०० किलोवाट शक्ति र ३३० टर्क उत्पन्न गर्दछ, जुन यातायात र फेमिली ट्रिपका लागि एकदमै उपयुक्त छ । भी ८० प्यानल भ्यान युरो ४ इमिसन स्ट्यान्डर्ड इको–डी २.५ लिटर टर्बो डिजेल कमन–रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ । प्यानल भ्यान निकै भरपर्दो गाडी हो, विभिन्न कार्यका लागि सजिलै प्रयोग गर्न सकिने यो गाडी व्यावसायिक प्रयोगका लागि एकदमै उपयुक्त छ ।

म्याक्सस नेपालमा सबैभन्दा बढी माग रहेको सर्वाधिक प्रतीक्षित कार भएको कम्पनीको भनाइ छ विभिन्न वर्गका ग्राहकहरूको युटिलिटी गाडीको चाहना पूरा गर्ने सोचका साथ कम्पनीले म्याक्ससको मूल्य आकर्षक रहेको सुनिश्चित गरेको छ र उत्कृष्ट प्रदर्शन क्षमता सहितको युटिलिटी गाडीको लिगेसीलाई बलियो बनाउने अपेक्षा गरेको बताइएको छ । काठमाडौंको नक्साल स्थिति म्याक्सस शोरुम बुकिङ र टेस्ट ड्राइभको लागि खुला छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...