आज देखि दशैंका लागि खुल्यो अग्रिम टिकट बुकिङ

काठमाडौं - दशैंमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशका बिभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दशैं मनाउन घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

एकैपटक सबै काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत केहि वर्षदेखि दशैं अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ ।

नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रीम टिकट बुकिङ सुरु गरिएको छ ।

यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताइएको छ ।

यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय पनि भएको छ ।

सम्बन्धित समाचारहरू

बागमती प्रदेशमा अब थप संख्यामा लाइसेन्सका लागि आवेदन दिन सकिने, समय पनि थप

बागमती प्रदेशमा अब थप संख्यामा लाइसेन्सका लागि आवेदन दिन सकिने, समय पनि थप

काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि बागमती प्रदेशमा अब थप...

फागुनसम्म ३४ लाख ६६ हजारले लिए सवारी चालक अनुमति पत्र

फागुनसम्म ३४ लाख ६६ हजारले लिए सवारी चालक अनुमति पत्र

काठमाडौँ – चालू आर्थिक वर्ष ०८०/८१ काे फागुनसम्म ३४ लाखभन्दा बढी सवारी...

काठमाडौंका यातायात कार्यालयमा आंशिक रूपमा लाइसेन्स र सवारी दर्ता सेवा पुनः सुरु

काठमाडौंका यातायात कार्यालयमा आंशिक रूपमा लाइसेन्स र सवारी दर्ता सेवा पुनः सुरु

जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको सूचना प्रविधि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...