अर्ब रुपैयाँ बढी कारोबार गर्ने यी ३ स्पेयर पार्ट्स व्यवसायी नाडाको चुनावी मैदानमा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि पर्सि मतदान हुँदैछ । करण चौधरी र ध्रुव थापाको प्यानलबाट चुनाब लड्न उम्मेदवारी दिएका व्यवसायीमा यसपाली ठूला कर्पोरेट हाउस र स्पेयर पाटर््स एवम् कम्पोनेन्टबाट ३ दर्जन व्यवसायीले प्रतिनिधित्व गरेका छन् ।

यी दुवै प्यानलमा ५० प्रतिशतका दरले स्पेयर पार्ट्स व्यवसायी समेटिएका छन् । जसमध्ये ३ जना यस्ता स्पेयर पार्ट्स व्यवसायी अहिले बढी चर्चामा छन् । श्री एसटिसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती, सत्यदिप ग्रुपका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रा र एपिआई ग्रुपका प्रबन्ध निर्देशक सगुन बिरसिं कंशाकार बढी चर्चामा रहेका हुन् ।

यी तीनैजना व्यवसायीले डेढ दर्जनबढी ब्रान्डका स्पेयर पार्ट्स आयात गरी कारोबार गर्दै आइरहेका छन् । वार्षिक २ सय करोड अर्थात २ अर्ब रुपैयाँ हाराहारीमा कारोबार गर्ने यी व्यवसायी सम्भवतः नेपालकै सबैभन्दा ठूलो स्पेयर पार्ट्स आयातकर्ता समेत हुन् । यी तीनमध्ये दिपेन्द्र कुमार मिश्रा र सगुन बिरसिं कंशाकार ध्रुव थापा प्यानलमा आबद्ध भएका छन् भने सुरेन्द्र कुमार उपे्रतीले चौधरी प्यानलबाट चुनाव लड्दै छन् ।

नेपालका लागि सिएट टायर, इएनआई लुब्रिकेन्ट्स र हिटाची ब्याट्रीको आधिकारिक बिक्रेता उप्रेती संलग्न एसटिसी ग्रुपले भेरोक, एएसके, युकाल, एफसिसी, लुमाक्स, प्रिकोल र अन्य ब्रान्ड समेत गरी डेढ दर्जन ब्रान्डका स्पेयर पार्ट्स आयात गरी कारोबार गर्दै आइरहेको छ । उनले कारोबार गर्ने यी सबै ब्रान्ड ओईएममा सप्लाई हुने प्रख्यात उत्पादन हुन् । नेपालमै ब्याट्रीको उत्पादन गर्न तयारी समेत थालेका उप्रेतीको यो ग्रुपले वर्षमा २ अर्ब रुपैयाँ हाराहारीमा स्पेयर पार्ट्स एवम् कम्पोनेन्टको कारोबार गर्ने आँकलन गरिएको छ । स्पेयर पार्ट्स व्यवसायमा उनले २३ वर्षको लामो समय बिताएका छन् ।

अर्का ठूला र चर्चित स्पेयर पार्ट्स व्यवसायी दिपेन्द्र कुमार मिश्रा संलग्न सत्यदिप ग्रुपले नेपालमा बोस, सेलर, जेडएफ इन्डिया, सन्दार, मेकिनो, हेल्ला, डिआइडी सहित १६ ब्रान्डका स्पेयर पार्ट्स तथा मेभोक्स हेल्मेट र दिव्योल लुब्रिकेन्ट्स आयात गरी कारोबार गर्दै आइरहेको छ । यो व्यवसायमा १८ बर्षदेखि लागिपरेका मिश्राको यो ग्रुपले समेत वर्षमा २ सय करोडकै हाराहारीमा कारोबार गर्ने बताइएको छ । उनले कारोबार गर्ने सबै ब्रान्डले गुणस्तरमा अब्बल र ओईएममा सप्लाई हुने उत्पादनका रुपमा परिचय बनाएको छ ।

स्पेयर पार्ट्स व्यवसयमा नेपालकै सबैभन्दा पुरानो मानिने बिरसिं परिवारका सदस्य सगुन बिरसिं कंशाकार संलग्न एपिआई ग्रुपले हाल एमरोन ब्याट्री, सेल लुब्रिकेन्ट्स, भि रबर एवम् कन्टिनेन्टल टायर, भेगा हेल्मेट सहित एलाइड निप्पोन, राने, एनजिके, फ्याग, लुक र रोलोन ब्रान्डका बिभिन्न स्पेयर पाटर््स सहित डेढ दर्जन बढी ब्रान्डलाई आयात गरी कारोबार गर्दै आइरहेको छ । विगत १५ वर्षदेखि यो क्षेत्रको व्यवसाय संचालन गर्दै आइरहेका उनी संलग्न यो ग्रुपले पनि वर्षमा डेढ देखि २ अर्ब रुपैयाँ हाराहारीको बीचमा कारोबार गर्ने आँकलन गरिएको छ । उनले आयात गर्ने यी सबै ब्रान्ड समेत बजारमा उच्च माग भएका र ओईएममा सप्लाई हुने गुणस्तरिय उत्पादन हुन् ।

सम्बन्धित समाचारहरू

नयाँ गाडीको सिटबाट कति दिनमा पोलिथिनको कभर हटाउनुपर्छ, जान्नुहोस्

नयाँ गाडीको सिटबाट कति दिनमा पोलिथिनको कभर हटाउनुपर्छ, जान्नुहोस्

नयाँ कारमा कम्पनीले डेलिभरी अघि कारको सिटमा दाग जस्ता कुनै पनि हिसाबले...

सवारी साधनलाई विलाशीताको वर्गीकरणबाट हटाउन नाडा प्रतिनिधी मण्डलको अर्थमन्त्रीलाई आग्रह

सवारी साधनलाई विलाशीताको वर्गीकरणबाट हटाउन नाडा प्रतिनिधी मण्डलको अर्थमन्त्रीलाई आग्रह

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...

अटो शोमा तीन नयाँ ब्रान्डका मिनीकार, मूल्य २० लाख देखि २६ लाखसम्म

अटो शोमा तीन नयाँ ब्रान्डका मिनीकार, मूल्य २० लाख देखि २६ लाखसम्म

काठमाडौं– भृकुटिमण्डपमा जारी नाडा अटो शो–२०२४ मा तीन नयाँ ब्रान्डले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...