तीन नयाँ कुपे एसयूभी लन्च गर्दै तीन कम्पनी

भारतीय अटो बजारमा आगामी केही वर्ष भित्र कूप सेगमेन्टमा ठूला एसयूभी लन्च हुने भएको छ । टाटा, टोयोटा र सिट्रोन जस्ता कार निर्माताले पाइपलाइनमा नयाँ मोडलहरु समावेश गरेका छन् ।

टोयोटा टेसर
टोयोटा टेसर अप्रिल ३ मा भारतीय बजारमा प्रवेश गर्दैछ । कम्प्याक्ट एसयूभी कुप सेगमेन्टमा ल्याउन लागेको टोयोटाका यी एसयूभी घरेलु लाइनअपमा हाइराडर भन्दा तल र ग्लान्जाभन्दा माथि राखिनेछ । यसको इन्टेरियर र एक्सटेरियरमा केही अपडेट गरिएको छ ।

यसमा १.० लिटर टर्बो पेट्रोल र १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन यथावत राख्नेछ, जसलाई म्यानुअल र अटोमेटिक ट्रान्समिशन विकल्पसँग जोडिनेछ । टोयोटा अर्बन क्रुजर टेसरमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एचयूडी, ३६० डिग्री क्यामेरा सिस्टम र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर हुनेछ ।

सिट्रोन बेसाल्ट
सिट्रोन बेसाल्ट भारतीय बजारमा मार्च २७ मा सार्वजनिक भइसकेको छ । कम्पनीले यसलाई आगामी त्रैमासिकमा भारतीय बजारमा लन्च गर्नेछ । सीएमपी प्लेटफर्ममा निर्मित सो मोडेलमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ११० पीएसको पावर र २०५ एनएमको टर्क जेनेरेट गर्छ ।

टाटा कर्भ
टाटा कर्भको इलेक्ट्रिक भेरिएन्ट सन् २०२४ को मध्यसम्ममा ल्याइनेछ, जसमा एक पटक चार्ज गर्दा ५०० किलोमिटरभन्दा बढीको ड्राइभिङ रेन्जसहितको ठूलो ब्याट्री प्याक हुनेछ । यसले आगामी मारुती ईभीएक्स र हुन्डाई क्रेटा ईभीसँग प्रतिस्पर्धा गर्नेछ । यो शून्य उत्सर्जन एस्यूभी कुपे एक्टिभ.ईभी आर्किटेक्चरमा हुने दोस्रो मोडल हुनेछ ।

सम्बन्धित समाचारहरू

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स...

सिप्रद्धी अटो पार्टसले सुरुवात गर्यो टाटा एस र योद्धा पिकअपको जेन्युइन पार्टस उपलब्ध हुने छुट्टै जोन

सिप्रद्धी अटो पार्टसले सुरुवात गर्यो टाटा एस र योद्धा पिकअपको जेन्युइन पार्टस उपलब्ध हुने छुट्टै जोन

टाटा जेन्युइन पार्टसको आधिकारिक बितरक सिप्रद्धी अटो पार्टसले टाटा एस र...

टोयोटा नेपालले ग-यो टेबल टेनिस खेलाडी नविता श्रेष्ठसँग सहकार्यको घोषणा

टोयोटा नेपालले ग-यो टेबल टेनिस खेलाडी नविता श्रेष्ठसँग सहकार्यको घोषणा

काठमाडौं – टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...