बीएस६ यामाहा एमटी–१५ दसैं सम्म आउने, एफजेड–एक्स र एफजेडएस भी३ को सम्भावना कम
काठमाडौं – यामाहाका हालै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएका...
काठमाडौँ— यामाहाले केही दिनको अन्तरालमा बाइक र स्कुटर गरी तीन मोडलका सवारी साधन नेपाली बजारमा औपचारिक रुपमा बिक्री प्रारम्भ गरेको घोषणा गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यो भन्दा पहिले गत वैशाख १५–२१ सम्म भृकुटीमण्डपमा आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी ती सवारी साधन सार्वजनिक गरेको र टेस्ट राइडका लागि अवसर उपलब्ध गराएको थियो ।
अब भने औपचारिक रुपमै यी सवारी साधनको बिक्री प्रारम्भ भएको बताइएको छ । नयाँ वर्ष २०७९ पश्चात यसरी एकै पटक धेरै सवारी साधन नेपाली बजारमा उपलब्ध गराउने यामाहा पहिलो कम्पनी बनेको छ ।
यामाहाले यस प्रकार कनेक्ट–एक्स फिचर सहितको रे जेडआर स्कुटर र आर१५एम तथा एफजेड–एक्स बाइकको बिक्री प्रारम्भ गरेको हो । विशेष गरी युवा राइडर लक्ष्यित यी सवारी साधन नेपाली बजारमा रुचाइने अपेक्षा कम्पनीले गरेको बताएको छ ।
रेजेडआर १२५ स्ट्रीट र्याली
सो स्कुटरमा हाल थप भएको स्मार्ट कनेक्ट फिचरको प्रयोगले ग्राहकले आफ्नो स्मार्टफोनलाई स्कुटरसँग कनेक्ट गरी विभिन्न फिचरको प्रयोग गर्न सकिन्छ । यसका लागि मोबाइलमा यामाहा कनेक्ट–एक्स एप डाउनलोड गर्नुपर्छ ।
कनेक्ट–एक्स फिचरको प्रयोग गरेर एन्सर ब्याक, लोकेट माई भेइकल, पार्किङ रेकर्ड, राइडिङ हिस्ट्री र हाजार्ड आदिको जानकारी लिन सकिन्छ । आफ्नो सवारी साधनको लोकेसन, राइड गरिएको समय, पार्किङ गरेको स्थान आदिको जानकारी यसबाट लिन सकिन्छ । यसले गर्दा यो स्कुटर अझै सुरक्षित बनेको छ ।
यसमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको जनाइएको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरले ०-६० को स्पीड मात्र ७.५९ सेकेन्डमा भेट्छ ।
यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा पहिले देखि नै यामाहा रे जेडआर स्ट्रिट -याली स्कुटर उपलब्ध भए पनि अब भने कनेक्ट–एक्स फिचर थप भएर आएको हो । यो फिचर बाहेक स्कुटरको टायर ग्रिप अन्य भन्दा फरक छ । त्यसैगरी यसमा ह्यान्ड गार्ड थप भएर आएको छ । अनि ग्राफिक्समा पनि केही परिवर्तन छ ।
यसको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
आर१५एम
यो बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ ।
एम र आर–सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याति कमाएका बाइकको पाँचौँ जेनेरेशन भनिएको आर१५एम मूलतः ट्रयाक स्पिड, कर्भ र स्पोर्ट्स बाइकमा रुचि राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक हो । र, नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टु–लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आर१५एम १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो–स्ट्रेश’ कायम गर्न मद्दत पुर्याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड–स्फिटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ । त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भिभिए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनिय पावर र टर्क प्रदान गर्दछ ।
यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्यनजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रिट मोड’मा स्विच गर्न सक्ने सुबिधा रहेको छ ।
यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र इमेल अलर्टजस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।
आर१५एम को मूल्य नेपाली बजारमा ५ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
एफजेड–एक्स १५०
यामाहा एफजेड–एक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो, जुन एलसीडी मिटर र ब्लुटुथ कनेक्टिभिटी जस्ता स्मार्ट सुविधाहरु र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ ।
‘राइड फ्रि’ अवधारणाका साथ तयार पारिएको यो मोटरसाइकल विशेष गरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीहरुलाई लक्षित गरी तयार पारिएको कम्पनीको भनाइ छ ।
महा एक्सचेन्ज मेलामा यो बाइक नेपाली सिनेकर्मी अनमोल केसीले समेत टेस्ट राइड गरी मन पराएका थिए । अल न्यु एफजेड–एक्स १५० फ्युल इन्जेक्टेड (एफआई) र बीएस६, एयरकुल्ड, १५० सीसी ब्लुकोर इन्जिन तथा ५–स्पिड गियरबक्सका साथ तयार पारिएको छ । यसले ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्छ ।
यामाहाका अन्य मोटरसाइकल भन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यो मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ । उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टु लेभल सिट’, बलियो ‘ब्लक प्याटर्न’ टायर, फ्रन्ट फोर्क बुटका साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटुथ कनेक्टिभिटी जस्ता विशेषताले यो बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए । यसका साथै डीआरएलका साथ बाई फङ्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी टेललाइटले बाइकको भिज्युअललाई थप आकर्षण पैदान गरेको उनले बताए ।
एफजेड–एक्स १५० को मूल्य नेपाली बजारमा ४ लाख २६ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं – यामाहाका हालै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएका...
काठमाडौं – काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रे जेडआर १२५ एफआई...
काठमाडौं – नेपाली बजारमा यामाहा मोटरसाइकल र स्कुटर विभिन्न मोडलमा उपलब्ध...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...