नयाँ वर्ष पश्चात यामाहाका तीन मोडल नेपाली बजारमा उपलब्ध

काठमाडौँ— यामाहाले केही दिनको अन्तरालमा बाइक र स्कुटर गरी तीन मोडलका सवारी साधन नेपाली बजारमा औपचारिक रुपमा बिक्री प्रारम्भ गरेको घोषणा गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यो भन्दा पहिले गत वैशाख १५–२१ सम्म भृकुटीमण्डपमा आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी ती सवारी साधन सार्वजनिक गरेको र टेस्ट राइडका लागि अवसर उपलब्ध गराएको थियो ।

अब भने औपचारिक रुपमै यी सवारी साधनको बिक्री प्रारम्भ भएको बताइएको छ । नयाँ वर्ष २०७९ पश्चात यसरी एकै पटक धेरै सवारी साधन नेपाली बजारमा उपलब्ध गराउने यामाहा पहिलो कम्पनी बनेको छ ।

यामाहाले यस प्रकार कनेक्ट–एक्स फिचर सहितको रे जेडआर स्कुटर र आर१५एम तथा एफजेड–एक्स बाइकको बिक्री प्रारम्भ गरेको हो । विशेष गरी युवा राइडर लक्ष्यित यी सवारी साधन नेपाली बजारमा रुचाइने अपेक्षा कम्पनीले गरेको बताएको छ ।

रेजेडआर १२५ स्ट्रीट र्याली

सो स्कुटरमा हाल थप भएको स्मार्ट कनेक्ट फिचरको प्रयोगले ग्राहकले आफ्नो स्मार्टफोनलाई स्कुटरसँग कनेक्ट गरी विभिन्न फिचरको प्रयोग गर्न सकिन्छ । यसका लागि मोबाइलमा यामाहा कनेक्ट–एक्स एप डाउनलोड गर्नुपर्छ ।

कनेक्ट–एक्स फिचरको प्रयोग गरेर एन्सर ब्याक, लोकेट माई भेइकल, पार्किङ रेकर्ड, राइडिङ हिस्ट्री र हाजार्ड आदिको जानकारी लिन सकिन्छ । आफ्नो सवारी साधनको लोकेसन, राइड गरिएको समय, पार्किङ गरेको स्थान आदिको जानकारी यसबाट लिन सकिन्छ । यसले गर्दा यो स्कुटर अझै सुरक्षित बनेको छ ।

यसमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको जनाइएको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरले ०-६० को स्पीड मात्र ७.५९ सेकेन्डमा भेट्छ ।

यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा पहिले देखि नै यामाहा रे जेडआर स्ट्रिट -याली स्कुटर उपलब्ध भए पनि अब भने कनेक्ट–एक्स फिचर थप भएर आएको हो । यो फिचर बाहेक स्कुटरको टायर ग्रिप अन्य भन्दा फरक छ । त्यसैगरी यसमा ह्यान्ड गार्ड थप भएर आएको छ । अनि ग्राफिक्समा पनि केही परिवर्तन छ ।

यसको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

आर१५एम
यो बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ ।

एम र आर–सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याति कमाएका बाइकको पाँचौँ जेनेरेशन भनिएको आर१५एम मूलतः ट्रयाक स्पिड, कर्भ र स्पोर्ट्स बाइकमा रुचि राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक हो । र, नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टु–लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आर१५एम १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो–स्ट्रेश’ कायम गर्न मद्दत पुर्याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड–स्फिटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ । त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भिभिए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनिय पावर र टर्क प्रदान गर्दछ ।

यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्यनजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रिट मोड’मा स्विच गर्न सक्ने सुबिधा रहेको छ ।

यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र इमेल अलर्टजस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।

आर१५एम को मूल्य नेपाली बजारमा ५ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

एफजेड–एक्स १५०
यामाहा एफजेड–एक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो, जुन एलसीडी मिटर र ब्लुटुथ कनेक्टिभिटी जस्ता स्मार्ट सुविधाहरु र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ ।

‘राइड फ्रि’ अवधारणाका साथ तयार पारिएको यो मोटरसाइकल विशेष गरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीहरुलाई लक्षित गरी तयार पारिएको कम्पनीको भनाइ छ ।

महा एक्सचेन्ज मेलामा यो बाइक नेपाली सिनेकर्मी अनमोल केसीले समेत टेस्ट राइड गरी मन पराएका थिए । अल न्यु एफजेड–एक्स १५० फ्युल इन्जेक्टेड (एफआई) र बीएस६, एयरकुल्ड, १५० सीसी ब्लुकोर इन्जिन तथा ५–स्पिड गियरबक्सका साथ तयार पारिएको छ । यसले ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्छ ।

यामाहाका अन्य मोटरसाइकल भन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यो मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ । उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टु लेभल सिट’, बलियो ‘ब्लक प्याटर्न’ टायर, फ्रन्ट फोर्क बुटका साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटुथ कनेक्टिभिटी जस्ता विशेषताले यो बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए । यसका साथै डीआरएलका साथ बाई फङ्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी टेललाइटले बाइकको भिज्युअललाई थप आकर्षण पैदान गरेको उनले बताए ।

एफजेड–एक्स १५० को मूल्य नेपाली बजारमा ४ लाख २६ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

चेन अवधारणामा शोरुम थप्दै यी डिलर, एउटै डिलरको ४ वटासम्म शोरुम

चेन अवधारणामा शोरुम थप्दै यी डिलर, एउटै डिलरको ४ वटासम्म शोरुम

काठमाडौं उपत्यकामा सवारीसाधनको माग उच्च गतिमा वृद्धि भैरहेको छ ।...

यामाहा महा एक्सचेन्ज मेला : ५ सय बढी बाइक स्कुटर एक्सचेन्ज, आकर्षण एमटी १५ बीएस६

यामाहा महा एक्सचेन्ज मेला : ५ सय बढी बाइक स्कुटर एक्सचेन्ज, आकर्षण एमटी १५ बीएस६

काठमाडौं – भृकुटीमन्डपमा जारी यामाहा महा एक्सचेन्ज मेला आज पाँचौ दिनमा...

यामाहाले नेपालमा ल्यायो बीएस६ भर्सनको एफजेड–एस एफआई भी३, भोलि लन्च हुने

यामाहाले नेपालमा ल्यायो बीएस६ भर्सनको एफजेड–एस एफआई भी३, भोलि लन्च हुने

काठमाडौं – नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल एफजेड–एस भी३ एबीएस बीएस६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...