अटो शोमा तीन नयाँ ब्रान्डका मिनीकार, मूल्य २० लाख देखि २६ लाखसम्म

काठमाडौं– भृकुटिमण्डपमा जारी नाडा अटो शो–२०२४ मा तीन नयाँ ब्रान्डले मिनीकार प्रदर्शन गरेका छन् । केई क्युट ०२, बिएडब्लु ब्रम्बी र एचईभी ३०० अटो शोको पहिलो दिन मंगलबार औपचारिक लन्च भएका हुन । यी कारको सुरुवाती मूल्य १९ लाख ९६ हजारदेखि २६ लाखसम्म निर्धारण गरिएको छ ।

लक्ष्मी ई–मोबिलिटीले बिक्री सुरु गरेको केई क्युट ०२ को मूल्य १९ लाख ९६ हजार रुपैँया तोकिएको छ भने यसको टप स्पेकलाई २२ लाख ९६ हजार रुपैयाँ पर्छ । त्यसैगरी, क्युट ४ को मूल्य २४ लाख ९६ हजार तोकिएको छ ।

क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ । क्युट ०४ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ । फुल चार्जमा यसले २०० र ३०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

एलआरआर ग्रुपले ल्याएको ब्रम्बी कारको मूल्य २१ लाख ९० हजार तोकेको छ । कारमा १७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ । बीएडब्लूले ब्रम्बी ह्याचव्याकमा ३० किलोवाट पीकपावर भएको इलेक्ट्रिक मोटर दिएको छ । यसको रेटेड पावर १५ किलोवाट छ । एकपटकको फुल चार्जमा यसले २०५ किलोमिटर रेन्ज दिने दावी छ ।

एस क्युब इन्टरप्राइजेजले ल्याएको एचईभी ३०० को मूल्य २५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो कारमा ३२.५६ किलोवाट आवरको ब्याट्री प्याक र ३५ किलोवाट क्षमताको मोटर जडान गरेको छ । यसको पिक टर्क १२५ एनएम छ । यो कारले एकपटकको फुल चार्जमा ३३५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा प्रदर्शन गर्न बोकेरै ल्याइयो उड्ने कार

नाडा अटो शोमा प्रदर्शन गर्न बोकेरै ल्याइयो उड्ने कार

काठमाडौं–नाडा अटो शोलाई यसपटक यति धेरै चर्चामा केहीले ल्याएको छ भने त्यो...

पोखरामा हुने नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

पोखरामा हुने नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

पोखरा – आगामी चैत ११ देखि १५ सम्म पोखरामा हुने वाडा अटो शो २०२६ को लागि स्टल...

नाडा अधिवेशन आगामी भाद्र २५ गते हुने

नाडा अधिवेशन आगामी भाद्र २५ गते हुने

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४४औं वार्षिक साधारण सभा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...