नेपाली नारीको रोजाइमा पर्न सफल ३ विद्युतीय कार, यस्तो छ मूल्य र विशेषता

केही वर्ष अघिसम्म नेपालमा नारीलाई घरबाहिर निस्कन निकै सकस हुने अवस्था थियो । सहरी क्षेत्रमा बसोबास गर्ने केही शिक्षित नारी बाहेक दुरदराजका अधिकांश नारीको अवस्था अझैपनि कस्टकर नै रहेको पाइएपनि पछिल्लो समय नारीहरु स्वतन्त्र रुपमा आफ्नै साधन लिएर घरदेखि अफिस र आफूले चाहेको स्थानमा निस्किने अवस्थामा पुगेका छन् ।

नारीलाई आफ्नै निजी कारमा पहुँच कायम गर्न भने नेपालमा साना ह्याचब्याक कारले निकै ठूलो भूमिका खेलिरहेको देखिन्छ । आज नारी दिवसको अवसरमा हामीले नेपाली नारीको रोजाइमा पर्न सफल ३ वटा विद्युतीय कारका बारेमा जानकारी दिने जमर्को गरेका छौ ।

टाटा टियागो ईभी
आकारमा सानो टियागो ईभीको डिजाइन परम्परागत कारकै जस्तो देखिन्छ । निकै आकर्षक फ्रन्ट र रियर डिजाइन भएको टियागो ह्याण्डलिङ गर्न पनि निकै सहज छ । एकपटकको फुल चार्जमा २५० किलोमिटर हाराहारी रेन्ज दिने टियागो चलाउन सहज त छ नै साथमा यसको टर्निङ रेडियस समेन निकै उत्कृष्ट छ ।

टियागो ईभीले नेपाली नारीमाझ एक भ्यालु फर मनी कारका रुपमा आफ्नो पहिचान कायम गरेको छ । नेपाली बजारमा यसको सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ पर्छ ।

टियागो ईभीको क्याबिन निकै फिचर लोडेड छ । ड्यासबोर्डमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । यसका अलावा क्रुज कन्ट्रोल, एलईडी डीआरएल, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर, इलेक्ट्रिक टेलगेट, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर छन् ।

नामी ०१
प्रिमियम ह्याचब्याक सेग्मेन्टको नामी ०१ नेपाली नारीले रुचाएको अर्को विद्युतीय कार हो । यस ह्याचब्याक कारको टप भेरिएन्ट ई३ मा ४२.३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ३१७ किलोमिटर रेन्ज दिने डब्लुएलटीपी परीक्षणले देखाएको छ । नामी ०१ ह्याचब्याकमा ४९.५ किलोवाट क्षमताको मोटर छ । यस कारको मूल्य नेपाली बजारमा ३३ लाख ९९ हजार रुपैयाँ पर्छ ।

नामी ०१ मा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोडिमिङ फिचरसहितको स्टार लाइट क्रिस्टल एलईडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् ।

यो ईभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बियन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी र पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल जस्ता लक्जरियस फिचर समेत दिइएको छ ।

बीवाईडी एट्टो १
सानो साइज, आकर्षक लुक्स र अत्याधुनिक फिचरका कारण बीवाईडी एट्टो १ नेपाली नारीमाझ लोकप्रिय बनिरहेको छ । डायनिमक र प्रिमियम गरी कुल २ भेरिएन्टमा उपलब्ध यसको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन ईभीका लागि विशेष रुपमा बनेको छ ।

एट्टो १ को डाइनामिक भेरिएन्टमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यस कारमा ४५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...