नेपालमै एसेम्बल भएका हिरोका ३ मोटरसाइकल र १ स्कुटरका साथ नेपाली बजार प्रवेश गर्दै सीजी मोटर्स

काठमाडौं – सीजी मोटर्सले नेपालमै एसेम्बल भएका ३ मोडलका मोटरसाइकल र एउटा स्कुटर नेपाली बजारका लागि सार्वजनिक गर्ने तयारी गरेको छ । पहिले हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ कम्पनी भएकोमा केही समय यता चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स हिरोको आधिकारिक वितरक बनेको छ ।

सीजी मोटर्सले अर्को साता नेपाली बजारका लागि हिरो स्प्लेन्डर, स्प्लेन्डर प्लस र एक्सपल्स २०० मोटरसाइकल लन्च गर्ने बताएको छ । त्यसैगरी नेपाली बजारका लागि नयाँ स्कुटरको रुपमा हिरो जुम पनि लन्च गरिने छ ।

यी चार मोडलका साथ नेपाली बजारमा पहिलो पटक प्रस्तुत हुने सीजी मोटर्सको तयारी छ । यी मोटरसाइकल र स्कुटर नेपालमै एसेम्बल भएका हुने छन् ।

सीजी मोटर्सको एसेम्बल प्लान्ट नवलपरासीमा सुरुवात गरिएको छ । हिजो मात्रै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको जन्म दिनको अवसरमा सीजी फ्युचर फ्याक्ट्रीको सुरुवात गरिएको औपचारिक जानकारी उनको छोरा निर्वाण चौधरीले सार्वजनिक गरेका थिए ।

नवलपरासीमा रहेको सीजी इन्डष्ट्रियल पार्क क्षेत्रमा एसेम्बली प्लान्ट निर्माण भएको छ। ४ बिघा, १६ कट्ठा, १० धुर जग्गामा हिरोका मोटरसाइकल र स्कुटर एसेम्बल गरिने छ ।

वार्षिक ३० हजार मोटरसाइकल र स्कुटर उत्पादन गरिने र १६५ जनाले यहाँ रोजगारी पाउने छन् ।

सम्बन्धित समाचारहरू

वीरगन्जमा हिरो मोटरसाइकल र स्कुटर : मोडल, माइलेज र पिकअपमा ध्यान

वीरगन्जमा हिरो मोटरसाइकल र स्कुटर : मोडल, माइलेज र पिकअपमा ध्यान

वीरगन्ज – वीरगन्जको त्रिमुर्तीचोकमा हिरो मोटोकर्पको डिलरको रुपमा एनजीएम...

हिरोले ल्यायो आहा दशै अफर, मोटरसाइकल वा स्कुटर किन्दा ७,५०० पक्का डिस्काउन्ट देखि १ लाख बम्पर

हिरोले ल्यायो आहा दशै अफर, मोटरसाइकल वा स्कुटर किन्दा ७,५०० पक्का डिस्काउन्ट देखि १ लाख बम्पर

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक नेपाल...

यस्तो छ हिरोले सार्वजनिक गरेको पावरफुल इन्जिन सहितको दमदार बाइक

यस्तो छ हिरोले सार्वजनिक गरेको पावरफुल इन्जिन सहितको दमदार बाइक

हिरो मोटोकर्पले भारतमा एक्सट्रिम २००एस फोर भल्व भेरिएन्ट लन्च गरेको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...