टाटा कारमै पहिलोपटक उपलब्ध छन् टाटा सिएराका यी ५ फिचर

टाटा मोटर्सले भारतीय बजारमा आफ्नो चर्चित एसयूभी टाटा सिएरा लन्च गरेको छ । रेट्रो लुक र आधुनिक डिजाइनको सो मिड साइज गाडीमा पहिलोपटक विशेष फिचर प्रदान गरिएको छ ।

टाटा सिएरामा कम्पनीले पहिलोपटक तीनवटा ठूला १२.३ इन्चका स्क्रिन जडान गरेको छ ।  एउटा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर चालकको अगाडि, दोस्रो ठूलो टचस्क्रिन इन्फोटेनमेन्टका लागि बीचमा र तेस्रो स्क्रिन अगाडिको यात्रुका लागि छुट्टै दिइएको छ । गाडीको सबै जानकारी आफ्नो स्क्रिनमा हेर्न सकिन्छ । बीचको स्क्रिनमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले चल्छ भने अगाडिको यात्रुले आफ्नै स्क्रिनबाट मनोरञ्जन नियन्त्रण गर्न सकिन्छ ।

सिएरामा १२ स्पिकरको जेबीएल साउन्ड सिस्टम दिइएको छ जसमा डल्बी एटमस टेक्नोलाेजी छ र यो टाटाको कारमा पहिलोपटक आएको हो । सबैभन्दा विशेष त ड्यासबोर्डमा जडान गरिएको साउन्डबार हो ।  यो साउन्डबार सेन्टरको एसी भेन्ट मुनि जडान गरिएको छ ।

नयाँ टाटा सिएराको अगाडिका दुवै सिटमा एडजस्टेबल अन्डर थाई सपोर्ट दिइएको छ, जसलाई म्यानुअल रूपमा अगाडि बढाएर लामो यात्रामा पनि थकान कम गर्न सकिन्छ। त्यस्तै सन भाइजर पनि एक्सटेन्डेबल गर्न मिल्ने छ । यी दुवै सुविधा टाटाको गाडीमा पहिलोपटक आएको हो ।

अँध्यारोमा गाडी पछाडि लैजाँदा निकै ध्यान दिनुपर्छ । यसको लागि टाटा सिएरामा पावर टेलगेट खोल्दा आफैं बल्ने सेकेन्डरी  टेल ल्याम्प दिइएको छ । कनेक्टेड एलईडी टेल ल्याम्प स्ट्रिप बाहेक यी थप लाइटले पछाडिबाट आउने गाडीलाई राम्रोसँग सचेत गराउन मद्दत गर्छ ।

टाटा सिएरामा पहिलो पटक १.५ लिटर टीजीडीआई टर्बो पेट्रोल इन्जिन समावेश गरेको छ । सो इन्जिनले १७० पीएस पावर र २८० एनएम टर्क दिन्छ । यसलाई ६ स्पिड म्यानुअल वा ७ स्पिड डीसीटी अटोमेटिक गियरबक्ससँग जोडिएको छ । टाटाको पेट्रोल लाइनअपमा यति शक्तिशाली र आधुनिक इन्जिन पहिलोपटक आएको हो।

सम्बन्धित समाचारहरू

११ लाख ४९ हजार भारुमै आयो टाटा सिएरा, यस्तो छ विशेषता

११ लाख ४९ हजार भारुमै आयो टाटा सिएरा, यस्तो छ विशेषता

टाटा मोटर्सले आफ्नो वहुप्रतिक्षित फेमिली कार सिएरा एसयूभी लन्च गरेको छ ।...

सिप्रदीले हस्तान्तरण ग-यो १० टाटा एलपीओ १६२२/६२ बीएस६ माग्नाव बस, दिल्ली रुटमा चल्ने

सिप्रदीले हस्तान्तरण ग-यो १० टाटा एलपीओ १६२२/६२ बीएस६ माग्नाव बस, दिल्ली रुटमा चल्ने

काठमाडाैं – नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता...

अप्रिलमा क्रेटा सर्वाधिक बिक्री हुने कार बन्न सफल, शीर्ष १० मा मारुती सुजुकीको दबदबा कायम

अप्रिलमा क्रेटा सर्वाधिक बिक्री हुने कार बन्न सफल, शीर्ष १० मा मारुती सुजुकीको दबदबा कायम

हुन्डाई क्रेटा सबैभन्दा लोकप्रिय एसयूभी मध्ये एक हो । अप्रिलमा सो एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...