यी हुन् २०२५ मा भारतमा सर्वाधिक बिक्री भएका ईभी, एमजी विन्डसर सबैभन्दा अगाडि

सन् २०२५ इलेक्ट्रिक सवारी साधनहरूको बजारका लागि अत्यन्तै महत्वपूर्ण र उत्साहजनक थियो । यस वर्ष विभिन्न कम्पनीले नयाँ–नयाँ इलेक्ट्रिक कार लन्च गरे पनि बिक्रीको प्रतिस्पर्धामा एमजी मोटर इन्डियाको एमजी विन्डसर ईभीले सबैलाई पछि पार्दै सर्वोच्च स्थान हासिल गर्न सफल भयो।

गत वर्ष २०२५ मा, भारतीय बजारमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार एमजी विन्डसर ईभीको कुल ४२ हजार १५७ युनिट बिक्री भएको थियो।

यस क्रममा लामो समयदेखि बजारमा प्रभाव जमाउँदै आएका टाटा र महिन्द्राका इलेक्ट्रिक कारहरूले भने अपेक्षाकृत आफ्नो चमक गुमाए । सो वर्ष टाटा नेक्सन ईभीको कुल २४ हजार ५५७ युनिट बिक्री भएको थियो भने महिन्द्रा एण्ड महिन्द्राको प्रभावशाली इलेक्ट्रिक एसयूभी, एक्सईभी ९ई २२ हजार १५४ युनिट बिक्री गरी तेस्रो स्थानमा सिमित रह्यो।

२०२५ मा टाटा पन्च ईभी चौथो सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार थियो, जसको १६ हजार ७२७ युनिट बिक्री भएको थियो । सर्वाधिक बिक्री हुने इलेक्ट्रिक कारमा टाटाको टियागी ईभी १६ हजार २०६ युनिट, महिन्द्राको बीई६ १२ हजार ७६ युनिट र सबैभन्दा सस्तो इलेक्ट्रिक कार, एमजी कमेट ईभी १० हजार ३९५ युनिट बिक्री गरेको थियो ।

त्यस्तै टाटा ह्यारियर ईभी आठौं सर्वाधिक बिक्री हुने इलेक्ट्रिक कार थियो, जसको ९ हजार ८२४ युनिट बिक्री भएको थियो । यो शक्तिशाली इलेक्ट्रिक एसयूभीले आफ्नो प्रवेशसँगै भारतीय ईभी बजारमा हलचल मच्चाएको थियो। हुन्डाई क्रेटा ईभीले २०२५ मा कुल ७ हजार २६१ युनिट बिक्री गरी नवौं स्थानमा रह्यो भने टाटा कर्भ ईभी ५ हजार ६७० युनिट बिक्री गरी दशौ स्थानमा सिमित रहयो ।

सम्बन्धित समाचारहरू

बीवाईडीका ब्याट्री अब पूर्ण रुपमा रिसाइक्लिङ गरिने, ल्यायो यस्तो कार्यक्रम

बीवाईडीका ब्याट्री अब पूर्ण रुपमा रिसाइक्लिङ गरिने, ल्यायो यस्तो कार्यक्रम

ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ...

यस्ता छन् इलेक्ट्रिक एसयूभी टाटा ह्यारियरका ५ फिचर

यस्ता छन् इलेक्ट्रिक एसयूभी टाटा ह्यारियरका ५ फिचर

टाटा मोटर्सले बहुप्रतीक्षित ह्यारियर ईभी भारतमा लन्च गरेको छ। कम्पनीले...

लिफान इलेक्ट्रिक स्कुटरले ल्यायो नयाँ वर्ष २०८१ को अफर, ४५ हजार सम्मको नगद छुट र अन्य

लिफान इलेक्ट्रिक स्कुटरले ल्यायो नयाँ वर्ष २०८१ को अफर, ४५ हजार सम्मको नगद छुट र अन्य

काठमाडौं – लिफान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक पिनाकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...