दिगो अटो कार्निभल सम्पन्न : ५ गाडी हस्तान्तरण, ३३ गाडी बुकिङ

नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको दिगो ग्रुपले दिगो अटो कार्निभल सम्पन्न गरेको छ । गत मंगलबार देखि शुरु भएको उक्त कार्निभल शनिबार सम्पन्न भएको हो ।

बल्खुको मोडर्न पार्टी प्यालेसमा आयोजित दिगो अटो कार्निभल २०२४ को सफल आयोजनासँगै देशमा विद्युतीय सवारीसाधनको यात्रालाई थप गति दिएको छ। दिगोको अनुसार सो कार्निभलमा ३०० भन्दा बढी व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरुको उपस्थिति रहेको थियो । सोही कार्निभलबाट दिगोले ५ वटा ११ सिटर ईभी भ्यान डीएफएसके डाँफेको हस्तान्तरण गरेको र ३३ वटा गाडीको बुकिङ्ग भएको जनाएको छ ।

कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रह्यो, जसमा सहभागीहरूले पुराना सवारीसाधनलाई नयाँ विद्युतीय सवारीसाधनसँग अदलवदल गर्न सक्ने सुविधा पाएका थिए। यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, एक्सचेन्जमा थप मूल्याङ्कन, इन्स्योरेन्स र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराएको थियो।

कार्निभलमा विद्युतीय गाडीको बिक्रीका साथै व्यावसायिक गाडीहरु भाडामा लिन मिल्ने सुविधा पनि दिगोले प्रदर्शन गरेको थियो जसमा ग्राहकले ५ लाख रुपैयाँ सम्म धितो राखेर मासिक १ लाख २५ हजारमा ५ वर्ष सम्म भाडामा लिएर ५ वर्ष पछि थप ५ लाख हालेर गाडी आफ्नै बनाउन मिल्ने छ । यस स्किम अन्तर्गत मोटर र ब्याट्रीमा आउने समस्या सबै कम्पनीले नै बेहोर्ने पनि दिगोले जनाएको छ । गाडी फिर्ता गर्दा भने ग्राहकले राखेको धितो पनि फिर्ता हुनेछ ।

चार दिनसम्म चलेको सो कार्निभलमा दिगो ग्रुपले आफ्ना विभिन्न विद्युतीय गाडीहरूको प्रदर्शनी ग¥यो । सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाए, जसले ग्राहकहरूलाई दिगोका गाडीहरूको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान ग-यो। टेस्ट ड्राइभ गर्ने सहभागीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनु पनि कार्निभलको अर्को प्रमुख आकर्षण रह्यो।

सो कार्निभलको आयोजना दिगोले आफ्नो राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्ससँग गरेको थियो । दिगो ग्रुपले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने र देशभर विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

दिगोको राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्सका निर्देशक प्रविन खतिवडाले कर्निवल सफल भएको खुशी ब्यक्त गर्दै भने “हामीले पहिलो पटक आयोजना गरेपनि राम्रो मात्रामा बुकिङ्ग लिन सफल भएको छौँ । साथै ५ वटा गाडीको हस्तान्तरण पनि गरेको छौँ । यस कर्निवालमा उपस्थित हुनुभएको सबैजना प्रति हामी निकैनै आभार छौँ ।“

संगसंगै दिगो ग्रुपका संस्थापक राजन रायमाझीले भने, “दिगोले गाडीको बिक्रि मात्र नभई पूर्वाधारमा लगानी साथै ग्राहकलाई सुविधा दिनमा बढी केन्द्रित छ। यसै कारणले होला हामीलाई बजारले त्यतिनै मायाँ गर्नुहुन्छ । यस्तो कर्निवल अब दिगोले बार्षिक आयोजना गरिरहने छ ।

दिगो ग्रुपको ई–स्टप स्टलमा सहभागीहरूले विद्युतीय सवारीसाधन चार्ज गर्न आवश्यक समाधानहरू र चार्जर खरिदको जानकारी लिने अवसर पाए। यसले दिगोको विद्युतीय सवारीसाधन बजारमा मात्रै नभई चार्जिङ इन्फ्रास्ट्रक्चरमा पनि लगानी गरिरहेको देखाउँछ।

दिगो अटो कार्निभलले नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ। यस कार्निभलले पुराना सवारीसाधनलाई वातावरणमैत्री नयाँ सवारीसाधनमा अदलवदल गर्ने अवसर प्रदान ग-यो, तर दिगो यात्रामा सहभागी हुनका लागि ग्राहकहरूलाई प्रोत्साहित ग-यो।

सम्बन्धित समाचारहरू

काठमाडौंको ठूलो भ-याङमा खुल्याे इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम

काठमाडौंको ठूलो भ-याङमा खुल्याे इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम

काठमाडौं – विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला,...

बीवाईडी बन्यो विश्वकै पहिलो ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी, पछि प-यो टेस्ला

बीवाईडी बन्यो विश्वकै पहिलो ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी, पछि प-यो टेस्ला

एलन मस्कको विश्व प्रसिद्ध कार निर्माता कम्पनी टेस्ला इलेक्ट्रिक कार...

ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा, नर्वे पहिलो बन्दा अन्य देशको अवस्था के ?

ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा, नर्वे पहिलो बन्दा अन्य देशको अवस्था के ?

काठमाडौं–नेपाल विद्युतीय सवारीसाधन (ईभी) प्रयोगका हिसावले विश्वकै दोस्रो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...