दिगोको विद्युतीय गाडी अब भाडामै पाइने

नेपालमा पहिलो पटक व्यावसायिक विद्युतीय गाडी भाडामा पाइने भएको छ । दिगो सृबिट कम्पनीले नेपालमा पहिलो पटक व्यावसायिक विद्युतीय गाडी भाडामा दिन सुरु गरेको हो ।

दिगो नेपालमा विद्युतीय गाडी, चार्जिङ स्टेशन तथा अरू विद्युतीय पूर्वाधारसहितको प्रणालीमा काम गर्दै आएरहेको नेपालको अग्रणी संस्था हो । सृबिटले गाडी घन्टा, दैनिक, हप्ता, महिना र वार्षिक रूपमा भाडामा लिन सकिने जनाएको छ ।

भाडामा दिन लागेको गाडी डिएफएसके इसी ३६ रहेको कम्पनीले जनाएको छ । सो गाडी विगत ४ वर्षदेखि नेपालको सडकमा गुडिरहेको र यसले भरपर्दो व्यावसायिक सेवा दिइरहेको कम्पनीले जानकारी दिएको छ ।

भाडाको भाडा अवधि ५ वर्षको हुनेछ । कम्पनीका अनुसार भाडामा लिने व्यक्तिले भाडा सम्झौतामा हस्ताक्षर गर्दा ५ लाख रुपैयाँ सेकुरिटी डिपोजिटको रूपमा जम्मा गर्नुपर्ने हुन्छ । जुन रकम गाडी हस्तान्तरण गरिसकेपछि फिर्ता हुने कम्पनीले जनाएको छ ।

बीमा, ब्लु बुक नवीकरण, रुट परमिट, कालो नम्बर प्लेटमा परिणत गर्ने खर्च भाडामा लिने व्यक्ति स्वयंमले बेहोर्नुपर्नेछ । भाडामा लिनेले प्रत्येक महिना मासिक भाडाको रूपमा एक लाख २५ हजार (भ्याटसहित) तिर्नु पर्ने कम्पनीले जनाएको छ ।

यसैगरी, कम्पनीले सवारीसाधनको नियमित र तोकिएको मर्मत र सर्भिसिङ नेपालका सेवा केन्द्रबाट नि:शुल्क गरिने जनाएको छ । पार्टपूर्जाहरू फेर्नुपरेको अवस्थामा भने भाडामा लिने व्यक्ति स्वयंले खर्च बेहोर्नुपर्नेछ ।

सवारीसाधनको सर्भिसिङ र मर्मत सम्पूर्ण एनईभी नेपालको सेवा केन्द्रमा हुनुपर्ने कम्पनीले जनाएको छ । भाडामा दिन लागिएको गाडी प्रतिवर्ष अधिकतम ८० हजार किलोमिटर दौडन सक्ने सीमा छ ।

भाडा अवधिको अन्त्यमा भाडामा लिने व्यक्तिले पहिले जम्मा गरेको सुरक्षा निक्षेपभन्दा बढी ५ लाख रुपैयाँ तिरेर गाडी आफ्नो नाममा नामसारी गराउन सकिने प्रावधान कम्पनीको छ । नामसारी गर्ने समयमा कम्पनीले गाडीको अवस्था हेरेर मूल्य निर्धारण गर्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा भित्रिदै एरोमा डर्ट बाइक

नेपाली बजारमा भित्रिदै एरोमा डर्ट बाइक

काठमाडौं – विगत ५ बर्ष देखि विभिन्न सवारीसाधन आयात गरी त्यसको बिक्री तथा...

रेन्ज बढेर आउँदै हेनरी भोल्ट, अव डिसी फास्ट चार्जर समेत सपोर्ट गर्ने

रेन्ज बढेर आउँदै हेनरी भोल्ट, अव डिसी फास्ट चार्जर समेत सपोर्ट गर्ने

काठमाडौं–नेपाली ईभी बजारमा लोकप्रिय बनिरहेको मिनी कार हेनरी भोल्टको नयाँ...

वृक्षरोपण र ड्राइभ सहितको ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

वृक्षरोपण र ड्राइभ सहितको ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...