दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डमा १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने

प्रतिष्ठित विद्युतीय गाडी कम्पनी दिगोले अब नेपाली बजारमा आफ्नै ब्रान्डका १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने भएको छ । १०० किलोवाट पिक पावर प्रदान गर्ने मोटर भएको १६ सिटर दिगो ईभी ५ नाम दिइएको गाडीमा ५० किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ भने ईभी ६ नामक १९ सिटर गाडीमा १२० किलोवाट पिक पावर प्रदान गर्ने मोटर र ८६ किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ ।

विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले बनाएको लिथियम आइरन फस्फेट ब्याट्री भएको १६ सिटर गाडी एक पटकको फुल चार्जमा ३२० किलोमिटर गुड्ने र १९ सिटर भने यस सेगमेन्टकै सबैभन्दा धेरै रेन्ज ४०० किलोमिटर सम्म गुड्ने दिगोले दाबी गरेको छ ।

बढी मान्छे बोक्न सक्ने क्षमताको साथै बढी रेन्ज भएकोले यी गाडीहरु व्यवसायीका लागि एकदम लाभदायी रहेका छन् । दिगोले मूल्य नतोके पनि अहिले बजारमा भएको अन्य गाडीहरु भन्दा उपयुक्त मुल्यमा र ग्राहकलाई बढी फाइदा हुनेगरी यी गाडीहरु भित्र्याउन लागेको जनाएको छ ।

बजारको माग हेर्दै दशैंलाई लक्षित गरेर ल्याउन लागिएको उक्त १६ र १९ सिटर विद्युतीय गाडीको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ । बुकिङ खुलेको छोटो समयमै २५ वटा १६ सिटर र १३ वटा १९ सिटरको बुकिङ भइसकेको पनि दिगोले सार्वजनिक गरेको छ ।

दिगो ग्रुपले नेपालमा पछिल्लो दशक देखि विद्युतीय गाडी तथा यसको इकोसिस्टममा काम गर्दै आएको छ । दिगो ग्रुप नेपालमा डीएफएसके, सीएचटीसी मोटर्स, जेएसी ईभी गाडीहरुको साथै विश्वकै सबैभन्दा ठुलो चार्जर कम्पनी स्टारचार्जको अधिकारक वितरक हो ।

सम्बन्धित समाचारहरू

काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा

काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा

काठमाडौं – दुई पाङ्ग्रे विदयुतीय सवारी साधनहरूको लागि गोगोरोको नेपालका...

६६ घण्टामा २७ हजार बुकिङ भएको भियतनामी इलेक्ट्रिक कार

६६ घण्टामा २७ हजार बुकिङ भएको भियतनामी इलेक्ट्रिक कार

भियतनामी इलेक्ट्रिक कार कम्पनी भिनफास्ट अटोले आफ्नो भीएफ३ कम्प्याक्ट...

इलेक्ट्रिक कार सेग्मेन्टमा रेकर्ड : पहिलो दिनमै १० हजार युनिट टाटा टियागो ईभी बुकिङ

इलेक्ट्रिक कार सेग्मेन्टमा रेकर्ड : पहिलो दिनमै १० हजार युनिट टाटा टियागो ईभी बुकिङ

टाटा मोटर्सले बुकिङ खुला गरेको पहिलो दिनमै भारतमा टियागो ईभीको १० हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...