यस्ता छन् ५ दिन पछि लन्च हुने नयाँ टाटा सिएराका टप फिचर

टाटा मोटर्सले २५ नोभेम्बर २०२५ मा भारतीय बजारमा नयाँ टाटा सिएरा लन्च गर्ने तयारी गरिरहेको छ । स्पोर्टी डिजाइन र प्रिमियम इन्टेरियरसहित आउन लागेको सो एसयूभी आधुनिक प्रविधि, अत्याधुनिक सुविधा र यात्री सुविधालाई प्राथमिकतामा राखेर तयार गरिएको छ। कम्पनीले सार्वजनिक गरे अनुसार नयाँ सिएरामा समावेश गरिएको फिचरले यसलाई आफ्नो सेगमेन्टमा सबैभन्दा आकर्षक एसयूभी बनाउने अपेक्षा गरिएको छ।

टाटा सिएराको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसको ठूलो ट्रिपल स्क्रिन सेटअप हो । यसमा दुईवटा १२.३ इन्च टचस्क्रिन र १०.२५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल मिलेर बनेको सो सिस्टम यस सेगमेन्टमै पहिलो भएको दाबी गरिएको छ। सिएरामा लेभल २ एडास प्याकेजसमेत दिइनेछ, जसअन्तर्गत अटोनोमस इमरजेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट डिटेक्शन, लेन किप असिस्ट, एडेप्टिभ क्रुज कन्ट्रोल, फरवार्ड र रियर कोलिजन वार्निङ, ट्राफिक साइन रिकग्निशन र हाई बिम असिस्टसमेत उपलब्ध हुनेछ ।

साथै यसमा ठूलो पानोरामिक सनरुफ पनि समावेश छ । बक्सी डिजाइन र समतल छानाका कारण यसमा सेगमेन्टकै सबैभन्दा ठूलो सनरुफ प्रदान गरिएको छ । लामो यात्राका लागि एडजस्टेबल अन्डर थाई सपोर्ट पनि समावेश छ ।

नयाँ सिएरामा ड्युअल जोन क्लाइमेट कन्ट्रोल सुविधा राखिएको छ । सो एसयूभी १.५ लिटर टर्बो पेट्रोल, १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल तथा १.५ लिटर टर्बो डिजेल गरी तीनवटा सम्भावित इन्जिन विकल्पसहित बजारमा आउने छ।

यसमा ड्युअल टोन लेदरेट अपहोल्स्ट्री, सफ्ट–टच सतह तथा आकर्षक एम्बियन्ट लाइटिङ प्रयोग गरिएको छ। सिएरामा उज्यालो लोगो भएको आधुनिक स्टेयरिङ ह्विल, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस फास्ट चार्जिङ, रियर एसी भेन्ट र अटो डिमिङ आईआरभीएम जस्ता प्रिमियम सुविधा उपलब्ध हुनेछ ।

साथै शार्प एलईडी लाइटिङ सेटअप, चौडा बी पिलर, सिग्नेचर अल्पाइन विन्डो, फ्लश डोर ह्यान्डल, स्क्वायर ह्विल आर्च र ठूला १९ इन्च अलोय ह्विल जस्ता फिचरले नयाँ सिएरालाई शक्तिशाली र प्रिमियम एसयूभीको रूपमा प्रस्तुत गर्नेछ ।

सम्बन्धित समाचारहरू

तयार हुँदै टाटा पन्च फेसलिफ्ट, कम भेरिएन्टमा आउने

तयार हुँदै टाटा पन्च फेसलिफ्ट, कम भेरिएन्टमा आउने

टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चलाई अपडेट गरेर ल्याउने...

मार्केट क्यापको आधारमा भारतको सबैभन्दा ठूलो कार निर्माता बन्यो टाटा मोटर्स

मार्केट क्यापको आधारमा भारतको सबैभन्दा ठूलो कार निर्माता बन्यो टाटा मोटर्स

टाटा मोटर्स बजार पुँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कार निर्माता...

विक्की कौशल बने टाटा मोटर्सका नयाँ ब्रान्ड एम्बेसडर, ‘टेक द कर्भ’ अभियानको सुरुवात

विक्की कौशल बने टाटा मोटर्सका नयाँ ब्रान्ड एम्बेसडर, ‘टेक द कर्भ’ अभियानको सुरुवात

विक्की कौशल अब टाटा मोटर्सका नयाँ ब्रान्ड एम्बेसडर बनेका छन् । अब उनले टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...