विराटनगर अपडेट : छुट होइन, यो बाइकका लागि बढी नै मूल्य तिर्न समेत तयार छन् ग्राहक
विराटनगर – विराटनगरमा यामाहाको डिलर तिरुपति अटो प्यालेसले अन्य मोडलका...
यामाहा आरएक्स १०० मोटरसाइकल पुनः फर्किने तयारी गरिरहेको छ, जसमा आधुनिक प्रविधि समावेश गरिनेछ । सन् १९८५ मा पहिलो पटक लन्च गरिएको सो टु-स्ट्रोक बाइक परफर्मेन्स र एक्जस्ट साउन्डका कारण प्रख्यात थियो ।
सन् १९८५ को नोभेम्बर महिनामा लन्च गरिएको यामाहा आरएक्स १०० भारतीय मोटरसाइकल बजारमा एक गेम चेन्जर सावित भएको थियो। सो बाइक ९८ सीसी एयर-कुल्ड, रीड भल्व टु-स्ट्रोक सिंगल इन्जिनसहित आएको थियो, जसले ११.२ एचपी पावर र १०.३९ एनएम टर्क प्रदान गर्थ्यो। यसको हल्का तौलका कारण राइडरलाई रोमाञ्चक अनुभव दिन्थ्यो, जसका कारण सो बाइक ७.५ सेकेन्डमै ० देखि ६० किमी प्रतिघण्टाको गतिमा पुग्थ्यो।
नयाँ आरएक्स १०० को सबैभन्दा प्रतीक्षित विशेषतामध्ये एक यसको प्रभावशाली फ्युल एफिसियन्सी हो। रिपोर्टका अनुसार, २०२५ मोडलमा ९८ सीसी सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ। सो इन्जिनले १०.८५ पीएस पावर र १०.३९ एनएम टर्क प्रदान गर्नेछ । नयाँ आरएक्स १०० ले ८० किलोमिटर प्रतिलिटर माइलेज दिनेछ । बाइकको अधिकतम गति ११० किलोमिटर प्रति घण्टा हुनेछ । सेफ्टीका लागि यसमा ड्रम ब्रेक, ट्युबलेस टायर छ भने १०३ किलोग्राम ताैल रहेको छ ।
आरएक्स १०० को क्लासिक डिजाइनलाई कायम राख्दै, नयाँ मोडलमा प्रदर्शन र सुरक्षालाई बढाउने आधुनिक प्रविधि समावेश गरिनेछ। यसले बाइकमा पुरानो मोडलको ऐतिहासिक पहिचान जोगाउनुका साथै नयाँ पुस्ताका लागि पनि आकर्षक बनाउनेछ।
विराटनगर – विराटनगरमा यामाहाको डिलर तिरुपति अटो प्यालेसले अन्य मोडलका...
काठमाडौं – यामाहा नेपालले देशभरका सबै यामाहा सर्भिस सेन्टरहरूमा यामाहा...
काठमाडौं–जापनिज टु ह्विलर निर्माता यामाहाले १५५ सिसीमा अर्को नयाँ स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...