पुरानो पेट्रोलियम कारसँग टाटा इलेक्ट्रिक कार साट्न सकिने अफरको आज अन्तिम दिन

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ल्याएको नयाँ एक्सचेन्ज अफरको आज अन्तिम दिन हो । सिप्रदीले पेट्रोलियम कार ल्याएर विद्युतीय कार साट्न सकिने एक्सचेन्ज क्याम्प गएको शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो।

सिप्रदीले फागुन २६ देखि २८ गतेसम्म देशभर रहेका टाटा मोटर्सका शोरुमहरुमा एक्सचेन्ज क्याम लगाएको हो। कम्पनीले यो क्याम्पलाई ‘द इलेक्ट्रिफाइङ एक्सचेन्ज’ भनेको छ।

ग्राहकहरुका सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल, डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ।

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइनेछ।

अहिलेको अति चर्चित र सबैले रुचाएका टाटा मोटर्स नेक्सन ईभी र टिगोर ईभीको माग एकदम बढ्दो क्रममा छन्। यही मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीहरुसँग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभीसँग साट्न सकिने छ, र त्यसका साथै विभिन्न अफरहरु पनि प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

टाटाको नेक्सन ईभी भारतका साथै नेपाली बजारमा पनि अत्यधिक रुचाइएको इलेक्ट्रिक एसयूभीमा पर्छ।

सम्बन्धित समाचारहरू

सिप्रद्धीको १० स्थानमा डिसी चार्जिङ स्टेशन, थप ६ स्थानमा छिट्टै संचालन हुने

सिप्रद्धीको १० स्थानमा डिसी चार्जिङ स्टेशन, थप ६ स्थानमा छिट्टै संचालन हुने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङले देशका १०...

ईभी बिक्री गर्न टाटाले संचालनमा ल्यायो छुट्टै ‘डेडिकेटेड’ शोरुम, नेपालमा कहिलेदेखी ?

ईभी बिक्री गर्न टाटाले संचालनमा ल्यायो छुट्टै ‘डेडिकेटेड’ शोरुम, नेपालमा कहिलेदेखी ?

काठमाडौं– टाटा मोटर्सले भारतमा ईभीको छुट्टै डेडिकेटेड शोरुम संञ्चालनमा...

भारतका टप २५ सर्वाधिक बिक्री हुने कारमा टाटा–महिन्द्राका ९ मोडल

भारतका टप २५ सर्वाधिक बिक्री हुने कारमा टाटा–महिन्द्राका ९ मोडल

भारतमा टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका गाडीहरू लोकप्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...