फोर्स गुर्खा टेष्ट ड्राइभ क्याम्पेन चल्दै : उत्साहजनक सहभागिता

पोखरा – केही समय अगाडि मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरेको फोर्स गुर्खा फोर बाई फोरको टेष्ट ड्राइभ क्याम्पेन पोखरामा हिजो देखि प्रारम्भ भएको छ । यसमा उत्साहजनक सहभागिता भएको कम्पनीको भनाइ छ ।

नेपालमा हिमालय अर्गनाईजेसन अन्तर्गत फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा विक्रेता रहेको आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखरा चाउथेमा आफ्नै सोरुमवाट टेष्ट ड्राइभ क्याम्पेन सुरु गरेको पहिलो दिन हिजो उत्साहजनक रुपमा २६ जना सहभागी भई टेस्ट ड्राइभ गरी यसका विशेषताहरुको भरपुर आनन्द लिनु भएको कम्पनीको भनाइ छ ।

टेष्ट ड्राइभ क्याम्पेनमा उत्साहजनक सहभागी ग्राहकहरुको फोर्स गुर्खाप्रतिको आकर्षणमा वृद्धि भएको बताइएको छ । इच्छुक गा्रहकहरुले भोलिसम्म पोखरामा टेष्ट ड्रइभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउने छन् ।

पोखरामा रहेको टेष्ट ड्राइभ क्याम्पेन पश्चात काठमाडौं, चितवन, झापा, इटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्राइभ क्याम्पेन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...