हुन्डाई र कियाको बजार चिर्न बीवाईडीले कोरियामा दोब्बर सेल्स नेटवर्क बनाउँने, देखायो अर्को मोडल
दक्षिण कोरियाली बजारमा रहेको हुन्डाई र कियाको बजारलाई चिर्नका लागि...
युरोपमा टेस्लाले आफ्नो बजार गुमाइरहेको एक तथ्यांकले देखाएको छ । उसको प्रतिस्पर्धी बीवाईडीले भने बजार तिव्र गतीमा बिस्तार गरिरहेको युरोपियन अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएसनले प्रकाशित गरेको तथ्यांकले देखाएको हो ।
गत जुलाईमा टेस्लाले जम्मा ८ हजार ८ सय ३७ वटा कार बिक्री गरेकोमा बीवाईडीले भने १३ हजार ५०३ युनिट कार बिक्री गरेको थियो । टेस्लाले अघिल्लो वर्षको सोही अबधीको तुलनामा ४० प्रतिशत बजार गुमाउँदा बीवाईडीले भने २२५ प्रतिशतले बढाएको छ ।
युरोपमा विद्युतीय गाडीहरूको बिक्री समग्रतामा बढेको भए पनि टेस्लाको बिक्री घटेको छ । विद्युतीय गाडीको बिक्री समग्रमा बढेपनि टेस्लाको भने घट्नुका पछाडी सिइओ इलोन मस्कको विवादास्पद छबीलाई प्रमुख कारकका रुपमा हेरिएको छ ।
केही समययता टेस्लाका गाडीहरूले विश्वभरि नै समस्या बेहोरिरहेका छन् । सन् २०२५ को दोस्रो त्रैमासमा टेस्लाको कमाइमा कमी आएको छ । अबको केही समय कम्पनीले समस्या भोग्नुपर्ने भनी मस्कले चेतावनी दिएका छन् ।
टेस्लाले आफ्ना कारहरूमा खासै नयाँपन ल्याउन नसकेकाले पनि आकर्षण घटेको हो । सन् २०२५ को अन्तिम ६ महिनामा सस्तो विद्युतीय गाडीहरू विशाल संख्यामा उत्पादन गर्ने टेस्लाको योजना छ । त्यसले बिक्री बढाउन योगदान गर्ने लगानीकर्ताहरूले आशा गरेका छन् ।
टेस्लाले चिनियाँ कम्पनी, त्यसमा पनि बीवाईडीसंग कडा प्रतिस्पर्धा गर्नुपरेको छ । चिनियाँहरूले आक्रामक रूपमा नयाँ र सस्ता मोडलका कार यूरोप निर्यात गरेर टेस्ला लगायत अन्य प्रख्यात ब्रान्डका ईभीमाथी निरन्तर दबाव सिर्जना गरिरहेको छ ।
दक्षिण कोरियाली बजारमा रहेको हुन्डाई र कियाको बजारलाई चिर्नका लागि...
काठमाडौं– बीवाईडीको लोकप्रिय ह्याचब्याक कार डल्फिनले १० लाख युनिट...
चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले एक करोड ४० लाख गाडी उत्पादन गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...